मतदान सकियो, अब आधा घण्टामा हुनेछ छिनोफानो - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

मतदान सकियो, अब आधा घण्टामा हुनेछ छिनोफानो



काठमाडौं- नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान सकिएको छ। ​

संसदीय दलको नेता चयनका लागि बुधवार बिहान पौने ९ बजेबाट मतदान शुरु भएको मतदान केहीबेर अघि सकिएको निर्वाचन परिचालन समितिले जनाएका छन्।

संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापा प्रतिस्पर्धामा छन्।

अबको आधा घण्टाभित्र परिणाम आउने निर्वाचन परिचालन समितिका संयोजक भीष्मराज आङ्दम्बेले जानकारी दिए।

कांग्रेस संसदीय दलमा ८९ जना मतदाता रहेका छन्। दलको नेता चुनिन ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ। यसअनुसार दलको नेता बन्न ४५ सांसदको समर्थन जुटाउनुपर्ने देखिन्छ।