मास्क लगाउनेहरू सरकारका बिरोधि हुन् : प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

मास्क लगाउनेहरू सरकारका बिरोधि हुन् : प्रधानमन्त्री ओली



काठमाडौँ –

प्रधानमन्त्री ओलीले सरकारको विरोध गर्नेले मास्क लगाएर हिँडेको बताएका छन् ।

बाबुराम उपेन्द्रको समाजवादी पार्टी नेपाल त्याग गरी आउने कल्पना धमला, देवेन्द्र पराजुलीलगायत नेतालाई नेकपामा प्रवेश गराउन आज आयोजित कार्यक्रममा नेकपा अध्यक्षसमेत रहेका ओलीले भने, “अस्ति मैले म प्रधानमन्त्री हुँदा काठमाडौंमा आधा जनसङ्ख्या मास्क लगाएर हिँड्थे । अहिले मास्क लगाउनु पर्दैन भनेको थिएँ । अहिले सरकारको विरोध गर्न मास्क लगाएर हिँड्न थालेका छन् ।”

काठमाडौंमा सडक निर्माण भइरहेको, मुख्य बाटोमा धुलो नउडे पनि भित्री निर्माणाधीन रहेकाले धूलो उडेको हुन सक्ने र त्यो केही दिनमै अन्त्य हुने उनको भनाइ थियो ।

“काठमाडौँका सबै बाटा कालोपत्रे हुन्छन् । धुलो उड्दैन,” उनले दाबी गरे ।