वीरगञ्जमा मृतकको अन्त्येष्टि गरिसकेपछि कोरोना सङ्क्रमण पुष्टि
काठमाडौं- वीरगञ्जमा एकको मृत्युपछि कोरोना पुष्टि भएको छ । वीरगञ्जको नेशनल मेडिकल कलेजमा एक जना वृद्धको अन्त्यष्टि पछी मात्र कोरोना संक्रमण भएको फेला परेको हो ।
जेठ ४ गते राति उपचारको क्रममा मृत्यु भएका बाराका ७० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।
वीरगञ्जस्थित प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट शंकास्पद आएपछि उनको स्वाब पुनः परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।
क्षयरोग, दम र निमोनियाबाट ग्रसित वृद्धलाई उनको परिवारले जेठ २ गते अस्पतालको भेन्टिलेटरमा भर्ना गराएका थिए ।
मृतकका आफन्तले उनको शव धार्मिक परम्पराअनुसार उनको अन्त्येष्टि गरिसकेका छन् । वृद्धको मृत्युबारे स्वास्थ्य मन्त्रालयले भने आधिकारिक सुचना निकालेको छैन ।