मार्वलका चौकोसको ब्यापार बुटवलमा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

मार्वलका चौकोसको ब्यापार बुटवलमा



बुटवल । रुपन्देही क्षेत्रमै पहिलो पटक बुटवलको वेलबासमा मार्वलका चौकोस पल्लाहरुको विक्रि वितरण थालिएको छ ।

अन्तरराष्ट्रिय मापदण्ड पुरा गरेको चर्चित कम्पनी जयपुर मार्वलले उत्पादन गरेका मार्वलका चौकोस पल्लाहरुको सिद्धार्थ गौतम सप्लायर्सले बेलबासबाट विक्रि वितरण सुरु गरेको हो ।

स्थानीय युवा ब्यवसायि सहदेव भण्डारीले १२ लाखको लगानीमा मार्वलका चौकोस पल्लाको सोरुम खोलेका हुन् ।

संचालक भण्डारीका अनुसार लामो समय खराव नहुने, आगोपानी, घामले नविगार्ने, किरा नलाग्ने, जडान गर्न सजिलो, जडान सजिलो र सिमेन्टले जोड्न सकिने मार्वलका चौकस काठको आधा मुल्यमा पाइने छ ।

२ सय ९० रनिङ्ग फिटमा उपलब्ध हुने मार्वलका चौकोस काठको भन्दा आधा मुल्य भएको संचालक भण्डारीले जानकारी दिए ।

झ्याल ढोका दुबैका लागि उपयोगि र राम्रो देखिने मार्वल चौकोस अहिले भारतबाट आयात गरिएको र निकट भविष्यमा नेपालमै उत्पादन थालिने उनले जानकारी दिए ।