शुक्रबार देखि कैलालीमा मापसे जाँच शुरु गरिने - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

शुक्रबार देखि कैलालीमा मापसे जाँच शुरु गरिने



कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्रवार वाट सुरु हुने भएको जिल्ला प्रहरी कर्यालय कैलालीले जनाएको छ।

आज भोली देखिनै सुरु गर्ने भनिएपनी बन्दले गर्दा शुक्रबार देखी नियमित सुरु गर्ने तयारी रहेकोे जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले जानकारी दिए । उनले सामान्य रूपमा यस अघि देखि नै चेक जाँच हुने गरेको भएपनि ब्रेथलाइजर प्रयोग गरेर शुक्रबार पछि जाँच सुरु हुने बताए । महामारीका कारण चैत ७ गते बाट ट्राफिकले मापसे जाँच रोकेको थियो ।