यी हुन् माओवादी केन्द्रका समानुपातिक सांसदहरू - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

यी हुन् माओवादी केन्द्रका समानुपातिक सांसदहरू



नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा पठाउने समानुपातिकतर्फका सांसदको नाम टुंगो लगाउने तयारी गरेको छ ।

निर्वाचन आयोगले थ्रेस होल्ड कटाएका दलहरूलाई समानुपातिक सांसदको नाम सिफारिस गर्न तीन दिन (मंसिर २४ सम्म) को समय दिएको छ ।

माओवादी केन्द्रले समानुपातिक सांसदको नाम टुंगो लगाउन आज दिउँसो तीन बजेका लागि पदाधिकारी बैठक बोलाएको छ । पदाधिकारी बैठकले क्लस्टर मिलाएर समानुपातिक सांसदको नाम टुंगो लगाउने तयारी गरेको छ ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १८ सिट जितेको माओवादी केन्द्रले समानुपातिकतर्फ ११ लाख ७५ हजार ६८४ मत पाउँदै १४ सिट पाएको छ ।

यी हुन् माओवादी केन्द्रबाट सांसद बन्ने सम्भावित अनुहार:

खसआर्य

१. हितराज पाण्डे
२. पेशल खतिवडा
३. ज्ञानु बस्नेत
४. विमला सुवेदी

आदिवासी जनजाति
१. दुर्गा राई
२. मिना तामाङ
३. उर्मिला माझी
४. छिरिङल्यामु लामा (पिछडिएको क्षेत्र)

दलित
१. सुशीला श्रीपाइली
२. पार्वती विक

मधेसी
१. मिना यादव
२. उमरावतीदेवी यादव

थारु
१. रुपासोसी चौधरी

मुस्लिम
१. कल्पना मियाँ