नयाँ शक्तिका सहसंयोजक माओवादी केन्द्रमा
काठमाडौँ,
नयाँ शक्ति पार्टीका सहसंयोजक सहित केही नेताहरू माओवादी केन्द्र फर्केका छन् । बिहीबार दिउसो प्रचन्ड सहित केही नेताहरूको छलफलपछि उनीहरू माओवादी केन्द्रमै फर्कने निर्णय गरेका ।
प्रकाश दाहालका अनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचन्ड, नेताहरू मातृका यादव, रामचन्द्र झा, उर्मिला यादव,रामकुमार शर्मा र श्रवण यादवको छलफलपछि नयाँ शक्तिका रामचन्द्र झा र रामकुमार शर्मा माओवादी केन्द्रमै फर्कने निर्णय गरेका हुन ।
मधेसमा माओवादीलाई शक्तिशाली बनाउने उद्देश्यका साथ केन्द्रमै क्रियाशील हुने निर्णय गरेको बताइएको छ