माओवादी केन्द्रको बैठक बस्दै- गृहमन्त्री र राष्ट्रपतिको टुङ्गो लगाउने - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

माओवादी केन्द्रको बैठक बस्दै- गृहमन्त्री र राष्ट्रपतिको टुङ्गो लगाउने



काठमाडौं- नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज पनि बस्दैछ । आजको बैठकमा गृहमन्त्रीबारे छलफल हुने बताइएको छ ।

बैठक मध्यान्ह १२ बजेपछि पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ । सोमबारबाट सुरु भएको पदाधिकारी बैठक आज पनि बस्न लागेको हो ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयका साथै गृह मन्त्रालय र राष्ट्रपतिका बारेमा पनि छलफल हुने बताइएको छ ।

गृहमन्त्रीबाट रास्वपाका रवि लामिछानेले राजीनामा दिएपछि पद रिक्त छ । कसलाई गृहमन्त्री बनाउने भन्नेमा गठबन्धनभित्र अन्योल छ ।