माओवादीले थोरै मन्त्रालय पाउने, नयाँ अनुहारलाई प्रार्थमिकता - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

माओवादीले थोरै मन्त्रालय पाउने, नयाँ अनुहारलाई प्रार्थमिकता



सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रको अहिले पेरिसडाँडामा पदाधिकारी बैठक बसिरहेको छ।

बैठक केही बेरअघि सुरु भएको नवनियुक्त प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ।

सात दल र ३ स्वतन्त्र गरी १६९ सांसदको समर्थनमा हिजो मात्र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेका छन्।

प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार पदाधिकारी बैठकमा सरकारमा पार्टीबाट ककसलाई पठाउने भन्ने विषयमा छलफल हुनेछ।

यसपटक माओवादी केन्द्रबाट ३ वा ४ जनाले मात्रै मंत्री बन्ने अवसर पाउनेछन् । नयाँ अनुहारलाई सरकारमा पठाउने तयारी माओवादीले गरेको बताइएको छ ।

यसैबीच माओवादीको पदाधिकारी बैठक सकिनासाथ नयाँ बानेश्वरमा रहेको संसद् भवनमा प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने दलहरूको बैठक बस्नेछ।