मोबाइल अफ गरेर मञ्जु खाँण सम्पर्कविहिन - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

मोबाइल अफ गरेर मञ्जु खाँण सम्पर्कविहिन



नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकी मञ्जु खाँण सम्पर्कविहीन भएकी छन्। उनका श्रीमान पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि उनकी पत्नी सम्पर्कविहीन बनेकी हुन् ।

मञ्जु खाँण नेपाली कांग्रेसकी समानुपातिक सांसदसमेतक हुन्। पैसा लिएको अडियो सार्वजनिक भएपछि उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

अहिले उनको मोबाइल अफ छ भने उनी आफन्तको समेत सम्पर्कमा नभएको स्रोतले बतायो । बुधबार बिहान बालकृष्णलाई पक्राउ गर्न प्रहरी टोली चाबहिलको मैजुबहाल पुग्दा पनि घरमा मञ्जु थिइनन्।

मञ्जु आजको संसद बैठकमा समेत अनुपस्थित छन् ।आरजु र मञ्जुलाई साढे ८ करोड बुझाएको अडिओ जाहेरवालाले नै प्रहरीलाई दिएका थिए ।

नक्कली शरणार्थी प्रकरणमा मञ्जुले पनि साढे ६ करोड रुपैयाँ बिचौलियाबाट लिएको अडिओ केही दिनअघि सार्वजनिक भएको थियो। उनीसँगै कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले पनि अढाई करोड रुपैयाँ बुझेको विवरण उक्त अडिओमा थियो।