सांसद मनाङे नेकपा प्रवेश गर्ने - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

सांसद मनाङे नेकपा प्रवेश गर्ने



पोखरा –  

गण्डकी प्रदेशसभाका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे सत्तारुढ नेकपा प्रवेश गर्ने भएका छन्। प्रवेशका लागि बिहीबारको कार्यक्रम तय गरिएको गुरुङका स्वकिय सचिव जगदीश योगी र नेकपाले पुष्टि गरेका छन्।

दीपक मनाङे मनाङ ‘ख’बाट निर्वाचित भएका थिए। उनले स्वतन्त्र उम्मेदवारी दिएता पनि उनलाई तत्कालीन एमालेले समर्थन गरेको थियो। ज्यान मार्ने अभियोग सम्बन्धी पुरानो मुद्दाकै क्रममा पक्राउ परेपछि उनले सपथ लिनबाट वञ्चित भएका थिए। अदालतले रिहा गर्न आदेश दिएपछि, मनाङेले २०७५ माघ १४ गते प्रदेशसभा सदस्यको सपथ लिएका थिए।

जेलमुक्त भएपछि पुस १२ गते उनले सपथ लिन पाऊँ भनी गण्डकी प्रदेश सभामा निवेदन र निर्वाचन आयोगबाट दिइएको विजय उम्मेदवारको प्रमाणपत्र पेस गरेका थिए। सो निवेदन प्राप्त भएको महिना दिनपछि सभामुख नेत्रनाथ अधिकारीले उनलाई सपथ खुवाएका थिए।