१५ औ मनमोहन स्मृति वडा स्तरीय रनिङ्ग शिल्ड वडा नं. १२ फाइनलमा प्रवेश - Himal Post Himal Post
  • १९ मंसिर २०८१, बुधबार
  •      Wed Dec 4 2024
Logo

१५ औ मनमोहन स्मृति वडा स्तरीय रनिङ्ग शिल्ड वडा नं. १२ फाइनलमा प्रवेश



बुटवल । १५ औ मनमोहन स्मृति रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगिता–२०७५ अन्तरगत पहिलो सेमीफाईनल खेलमा वडा नं १२ विजयी हुदै फाईनलमा स्थान पक्का गरेको छ । डिफेन्डीङ्ग च्याम्पियन वडा नं. ८ लाई २–१ गोल अन्तरले पराजित गर्दै वडा नं. १२ फाईनलमा स्थान पक्का गरेको हो ।

देविनगरस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको खेलमा दोस्रो मिनेटमा नै वडा नं ८ का विशाल गुरुङ्गले आत्मघाती गोल गर्दै वडा नं. १२ लाई अग्रता दिलाएका थिए ।

खेलको ४२ औ मिनेटमा लिला थापाको क्रसमा शरदले वडा नं. १२ का लागि गोल गरेका थिए । खेलको ६८ औ मिनेटमा वडा नं. ८ का निरज थापाले सान्त्वना गोल गरेका थिए । वडा नं. १२ का दिलिप बुढामगर म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए ।

भोली दोश्रो सेमिफाइनलमा वडा नम्वर ९ र ११ का बीचमा  खेल हुने आयोजक युवा संघ नेपाल बुटवलका सहसचिव बिकास जंग बस्नेतले जानकारी दिए । भोलीको बिजेता जेठ २८ गते सोमवार हुने उपाधिका लागि आजको बिजेता वडा नम्वर १२ संग प्रतिष्पर्धा गर्ने छ ।  प्रतियोगिताको बिजेताले ५० हजार नगद तथा उप बिजेताले ३० हजार नगद पुरस्कार सहित टफि प्राप्त गर्ने छन।