नव गायक प्रमोद बि.कको 'मन अन्तै सार्यौ नि' बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • ७ असार २०८३, आईतवार
  •      Sun Jun 21 2026
Logo

नव गायक प्रमोद बि.कको 'मन अन्तै सार्यौ नि' बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे\ बैसाख २६ काठमाडौं
लोक दोहोरी गीत सुन्न र गाउन भने पछि भोक निन्द्रा केहि नभन्ने प्रमोद बि. कले आफ्नो सानै देखिको सपना पुरा गरेका छन् ।प्रमोद बि.कले मन अन्तै सार्यौ नि नामक लोक दोहोरी गीत अमूल्य म्युजिक प्रा लि को प्रस्तुतिमा डिजिटल बजारमा सार्बजनिक गरेका छन् । प्रमोद बि. क र टस गुरुङ्गले लेखेको शब्दलाई निश्चल दवालीले लय बनाएका हुन् ।स्वरमा प्रमोदलाई गंगा ले साथ दिएकी छन् ।

श्रीकान्त सिग्देल को निर्देशनमा तयार भएको भिडियोलाई सचिन तामाङ र नवीन पोख्रेलले मिलेर खिचेका हुन् । सगुन सिग्देलले सम्पादन गरेको भिडियोमा टस,गंगा,अस्मिता र प्रमोद को अभिनय रहेको छ ।