गायिका रितु चन्द ठकुरीको तीज कोसेली “सारी किन्देउ न पन्ध्र हजारको ” बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

गायिका रितु चन्द ठकुरीको तीज कोसेली “सारी किन्देउ न पन्ध्र हजारको ” बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे

महेन्द्रनगरको कन्चनपूरमा जन्मिएर “ ढल्ली ढल्ली नाच्ने ” बोलको तीज गीत २०७० सालमा बजारमा ल्याए पछि नेपाली साङ्गीतिक यात्रा सुरु गरेकी गायिका रितु चन्द ठकुरीकाले पछिल्लो समयम उनको स्वर र अभिनयमा रहेका गीत हरू चर्चामा रहे यसै क्रम तीज कै अवसर पारि यस वर्ष पनि “ सारी किन्देउ न पन्ध्र हजारको ” बोलको गीत हालै मात्र सार्वजनिक गरेकी छिन् ।

गायिका रितु चन्द ठकुरी र गायक खेम भण्डारीको स्वरमा रहेको उक्त गीतमा शब्द उनै गायिका ठकुरीले नै लेखेकी छन् भने सङ्गीत हेमन्त खड्काको रहेको छ ।

यस्तै प्रकाश क्षेत्रीको निर्देशन , केशव अधिकारीको छायाङ्कन र अनिल रानाको सम्पादनमा भिडियो तयार भएको छ । भिडियोमा रितु चन्द ठकुरी, खेम भण्डारी र नारायण पौडेलको नृत्य तथा अभिनय रहेको छ । गीतलाई सर्व सम्मान म्युजिक प्रा.लीले बजार व्यवस्थापन गरेको छ ।