मैत्रीपुर्ण फुटबल खेल : व्यवसायीद्बारा जनप्रतिनिधि पराजित - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

मैत्रीपुर्ण फुटबल खेल : व्यवसायीद्बारा जनप्रतिनिधि पराजित



विशाल पाण्डेय / सुखड ।
‘प्रथम आमन्त्रीत घोडाघोडी कप -२०७६’ फुटबल प्रतियोगिता अन्तरगत बुधबार सम्पन्न भएको मैत्रीपुर्ण खेलमा व्यवसायीको टिम विजयी भएको छ । जनप्रतिनिधिलाई दुई का विरुद्ध ४ गोलले पराजित गर्दै व्यवसायीको टिम विजयी भएको हो ।

जितको लागि व्यवसायीको तर्फबाट अशोक तिवारीले एक , तेजि देउवाले २ र आत्मघाती एक गोल भएको हो भने जनप्रतिनिधिको तर्फबाट नवीन विस्ट र कर्ण बहादुर बिस्टले एक / एक गोल गरेका थिए ।

घोडाघोडी क्लबको आयोजनामा गत असोज २५ गतेदेखि सुरु भएको खेलमा आयोजक घोडाघोडी क्लब र सहारा क्लब पहलमानपुर बिच असोज ८ गते प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । आयोजक घोडाघोडी क्लब सुखडले स्टार सिटि धनगढीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो भने सहाराले स्पोर्ट्स स्कुल फुटबल एकेडेमी दाङलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । फाइनल खेलको लागि तयारी चलिरहदा खाली रहेको समयमा विभिन्न टिमको मैत्रीपुर्ण खेल खेलाइ रहेकोे आयोजकले जनाएको छ ।

प्रथम आमन्त्रित घोडाघोडी कप प्रतियोगिताको बिजेताले २ लाख १ सय १ र उप–विजेताले १ लाख १ सय १ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । यस्तै सर्वोत्कृष्ट खेलाडी, गोल रक्षक, गोलकर्ता र उदयमान खेलाडीलाई समेत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।