महेश बस्नेतले भने- दुर्गा प्रसाईंलाई युवाले तह लगाए - Himal Post Himal Post
  • २१ जेष्ठ २०८३, बिहीबार
  •      Thu Jun 4 2026
Logo

महेश बस्नेतले भने- दुर्गा प्रसाईंलाई युवाले तह लगाए



नेकपा एमालेका नेता महेश बस्नेतले दुर्गा प्रसाईंलाई ‘युवाले तह लगाएको’ टिप्पणी गरेका छन्। प्रसाईंलाई केही व्यक्तिहरूले कालो मोसो दलेपछि उनले यस्तो टिप्पणी गरेका हुन्।

सोमबार कान्तिपथस्थित होटल एलो प्यागोडामा पत्रकार सम्मेलनका क्रममा मेडिकल व्यवसायी प्रसाईंलाई केही युवाले कालो मोसो दलेका थिए।

सोही घटनाप्रति टिप्पणी गर्दै एमाले नेता बस्नेतले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘बैंक तथा वित्तीय संस्थालाई चुनौती दिने, विभिन्न समुदायलाई देश निकाल्छु, कालोमोसो दल्छु भन्ने आपराधिक कर्म गर्ने दुर्गा प्रसाईंलाई युवाहरूले आज तह लाएछन्। अब सुध्रिऊ, अरूलाई दोष नलगाऊ। यस्तालाई सरकारले कारबाही गरोस्। जनप्रतिरोध हुनु राम्रो होइन। युवा संघको तागत ननाप प्रसाई!’

युवा संघ, नेपाल नेकपा एमालेको भ्रातृ संगठन हो भने बस्नेत यसका पूर्वअध्यक्ष हुन्।