बिद्यालयको स्तरोन्नतीका लागि धार्मिक सप्ताह महायज्ञ संचालन गरिने - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

बिद्यालयको स्तरोन्नतीका लागि धार्मिक सप्ताह महायज्ञ संचालन गरिने



गोविन्द बीसी / बौनिया,कैलाली ।
कैलालीको बर्दगोरिया गाउपालिका वडा नम्बर -३ खैरेनी स्थित जगदम्बिके भगवती माविले धार्मिक सप्ताह ज्ञानमहायज्ञ संचालन गर्ने भएको छ ।

महायज्ञ संचालन मूल आयोजक समितिका अध्यक्ष मनऋषि आचार्यको सभापतित्वमा शनिबार भएको
भेलामा महायज्ञ संचालन र ब्यवस्थापनका लागि अभिभावक, शिक्षक, समाजसेवी, सामुदायिक बनका अध्यक्ष लगायतका सम्बद्ध सबैसंग बृहत छलफल गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर-३ का वडाअध्यक्ष कर्ण सुनार रहनुभएको थियो भने, बिशिस्ट अतिथिमा गौ-कथावाचक एवं कर्मकाण्डय बिचारक आचार्य पण्डित श्री कृष्णमोहन जोशी रहनुभएको थियो । यसैगरी, कार्यक्रममा सुसंस्कार समाज निर्माण अभियान नेपालका अध्यक्ष एवं राष्ट्रिय भजनगायक शिशिर साधक, कार्यक्रम व्यवस्थापक तथा महायज्ञ प्रवन्धक गोपाल सम्राट अत्री अतिथि रहनुभएको थियो ।

कार्यक्रममा बिद्यालयको स्तरोन्नतीका लागि धार्मिक महायज्ञ संचालन गरिन लागिएको बिद्यालयका प्रअ एवं महायज्ञ सचिवालय महासचिव नेत्रबहादुर खड्काले जानकारी दिनुभयो । आगामी असोज २४ देखि ३० गते सम्म धार्मिक महायज्ञ संचालन हुने उहाले बताउनुभयो ।

कार्यक्रममा महासचिव नेत्रबहादुर खड्काले महायज्ञमा दाता र श्रद्धालु भक्तजनबाट प्राप्त हुने शान्ति कलश, मुठीदान, तुलादान, भूमिदान रकमको दुरुपयोग नहुने कुरामा बिश्वस्त रहन सबैमा आग्रह गर्नुभयो । यस्तै, धार्मिक महायज्ञमा अहिलेसम्म ३ सय शान्ति कलश लिएको महायज्ञ संचालन मूल आयोजक समितिका अध्यक्ष मनऋषि आचार्यले बताउनुभयो ।

करीब ५ सय भन्दा बढी शान्ति कलश उठ्ने आंकलन गरिएको समेत उहाले बताउनुभयो । धार्मिक महायज्ञबाट करीब एक करोड भन्दा बढी रकम संकलन हुने जनाइएको छ । कार्यक्रमबाट संकलन भएको रकमले मावि तहको कक्षा ११ र १२ को संचालनका आवश्यक ब्यवस्थापन, भौतिक पूर्वाधार तयार गरिने गरिने उहाले बताउनुभयो ।

धार्मिक सप्ताह ज्ञानमहायज्ञको ब्यवस्थापन तथा सहजीकरणका लागि २२ वटा उपसमिति समेत गठन गरिएको छ । जसको राजनैतिक समन्वय समिति संयोजकमा टेकराज जोशी, सामुदायिक बन उपभोक्ता समूह समन्वय समितिको संयोजकमा लालसिंह बिश्वकर्मा, आमा समूह समन्वय समितिको संयोजकमा डिला रानामगर, दानदाता पहिचान समन्वय संयोजकमा डम्मर बहादुर बुढा, यातायात ब्यवस्थापन समन्वय समितिको संयोजकमा भुपेन्द्र जोशीलाई चयन गरिएको छ ।

यसैगरी तुलादान पहिचान समन्वय समितिको संयोजकमा नरबहादुर बन्तोला, कास्ठमण्डप निर्माण समितिको संयोजकमा जगत बहादुर टमट्टा, फुलमाला दुनाटपरी निर्माण समन्वय समितिको संयोजकमा शान्ति बुढा, गेट निर्माण समितिको संयोजक शिवचरण चौधरी लगायतकालाइ चयन गरिएको छ ।

यसैगरी सञ्चारमाध्यममा सूचना, समाचार सम्प्रेषण गर्नका लागि टीकाराम साउदलाई मिडिया संयोजक तोकिएको छ भने शिक्षक समन्वय समिति संयोजकमा नवराज टमट्टा, बिदेश बिभाग समन्वय समिति संयोजकमा पदम तिरुवालाई जिम्मेवारी दिइएको छ । सरकारी तथा गैरसरकारी समन्वय समितिको संयोजकमा शिक्षक शिवराज गौतम, पञ्चेबाजा समन्वय समितिको संयोजकमा डिल बहादुर नेपाली, स्वयंसेवक समन्वय समितिमा मोहन खत्री/गोमादेवी भूल, निरंकारी समन्वय समिति संयोजक श्रीराम जोशी, धन धान्यान्चल समन्वय समितिमा उदय बिष्ट चयन गरिएको छ ।

त्यस्तै बडघर/ भल्मन्सा समन्वय समितिमा सुकप्रसाद चौधरी, आवास ब्यवस्थापन समितिमा नन्दाराम बिष्ट, पूजा सामाग्री ब्यवस्थापनमा आत्माप्रसाद उपाध्याय, ब्यापारी समन्वय समितिमा नेत्र बहादुर खड्कालाई चयन गरिएको छ । कार्यक्रमको संचालन महायज्ञ मूल समितिका सह-सचिव शिवराज गौतमले गर्नुभएको थियो ।