सुदुरपश्चिम् प्रदेश सरकारले माघी पर्वमा एक दिन मात्र बिदा दिएको भन्दै थारु समुदायद्बारा असन्तुष्टि - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

सुदुरपश्चिम् प्रदेश सरकारले माघी पर्वमा एक दिन मात्र बिदा दिएको भन्दै थारु समुदायद्बारा असन्तुष्टि



धनगढी,कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले माघी पर्वमा न्यायोचित ढंगले बिदा नदिएको भन्दै थारु संघ संगठनले असन्तुष्टि जनाएका छन् ।

थारु कल्याणकारिणी सभा र थारु नागरिक समाज कैलालीले माघी पर्वमा तीन दिन विदा दिन प्रदेश सरकारसँग माग गरेपनि एक दिन मात्र बिदा दिने निर्णय
विरुद्ध बिहीबार संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गरी असन्तुष्टि जनाएको हो ।

सभाका कार्यवाहक सभापति माधव चौधरी र समाजका संयोजक दीलबहादुर चौधरीले हस्ताक्षर गरेको विज्ञप्तिमा प्रदेश सरकारसंग पुष ३०, माघ १ र २ गते सार्वजिनक विदा दिन माग गरेपनी एक दिन मात्रै विदा दिएकोमा विरोध जनाइएको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा नेपालको संविधान २०७२ ले गरेको व्यवस्था पूर्णरुपमा प्रदेश सरकारले पालना नगरी जातीय, क्षेत्रीय विभेदलाई संरक्षण गरेको आरोप समेत लगाइएको छ । फाइल तस्बिर :