मदन भण्डारी स्पोर्ट्स एकेडमी भारत शाखा गठन - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

मदन भण्डारी स्पोर्ट्स एकेडमी भारत शाखा गठन



हिम शिखर, नयाँ दिल्ली भारत असोज १०।
नेपालको खेलकुद क्षेत्रमा उल्लेखनीय कार्यगर्दै आएको “मदन भण्डारी स्पोर्ट्स एकेडमी नेपाल”को भारत शाखा गठ्न भएको छ । भारतको राजधानी दिल्लीको ऐतिहासिक स्थल इन्डियन कफि हाउसमा मदन भन्डारी स्पोर्ट्स एकेडमी भारतका इन्चार्ज गोपाल थापाको प्रमुख आतिथ्य र मदन भण्डारी स्पोर्ट्स एकेडमी रुपन्देही जिल्ला उपाध्यक्ष कृष्ण प्रसाद देवकोटा को विशिष्ट आतिथ्यमा बसेको भेलाले सर्वसहमतिमा मुल कार्यसमिती गठ्न गरेको छ।

उक्त समितीमा अध्यक्ष केशर के.सि, उपाध्यक्ष द्वय राम प्रसाद शर्मा, कुल बहादुर सिन्जाली, महासचिव शिव थापा, सचिब द्वय पदम गाहा, कमल पण्डित , कोषाध्यक्ष द्वय गोपाल थापा, अनुज खाती रहेका छ्न भने बाकी सदस्यको छ्नौट समितिको पहिलो बैठकले गर्ने निर्णय भएको छ।
14439037_10207591920303822_1337361970_o
“हाम्रो अभियान , खेल र खेलाडीको उच्च सम्मान” भन्ने मुल नाराका साथ भारतभर बसोबास गर्दै खेलकुद क्षेत्रमा उच्च पहिचान बनाउदै आएका युवाहरू र खेलकुद क्षेत्रमा रुचिकर युवाहरूलाई प्रोत्साहित गर्न, युवाहरूको नैतिक, बौद्धिक, शारीरिक विकास गर्न, आपसी सद्भाव र भाइचारा कायम राख्न र खेलको माध्यमबाट राष्ट्र र राष्ट्रियता मजबुत बनाउनको निमित्त र खेल कै माध्यमबाट छिमेकी राष्ट्र भारत संगको सम्बन्धलाई सन्तुलित बनाउने यो एकेडमीको मुख्य उदेश्य रहेको मदन भण्डारी स्पोर्ट्स एकेडमी भारतका इन्चार्ज गोपाल थापाले बताउनु भयो ।

उक्त भेलाले निकट भविष्यमा विभिन्न खेलको आयोजना गर्ने र भारत भर शाखा विस्तार गर्ने कार्ययोजना समेत बनाएको छ ।