लुम्बिनी अञ्चल अस्पतालबाट दैनिक १० बिरामी रिफर - Himal Post Himal Post
  • २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
Logo

लुम्बिनी अञ्चल अस्पतालबाट दैनिक १० बिरामी रिफर



आचार्य प्रदीप
बुटवल । रुपन्देहीकै ठुलो अस्पताल मध्यको लुम्बिनी अञ्चल अस्पतालबाट दैनिक रुपमा औषत १० जना बिरामी रिफर भईरहेका छन् । दैनिक रुपमा उपचारको लागी आउने बिरामी को १ प्रतिशत बिरामी रिफर हुने गरेको अस्पतालका सुचना अधिकारी लक्ष्मीराज रेग्मीले जानकारी दिए । उनका अनुसार अस्पतालमा ओपिडि सहित दैनिक १ हजार बिरामीहरुले सेवा पाईरहेका छन् ।

अस्पतालमा नभएका सेवाहरु तथा अस्पतालको पुर्वाधारको अभाब भएको अवस्थामा बिरामीहरु रिफर हुने गरेको उनले बताए । उनी भन्छन् –‘ हामीहरु संग आईसियु सेवा छ, त्यसमा ६ वटा बेड छन भने भेन्टीलेसन ४ वटा । यी क्षमता भन्दा बढि बिरामीहरु आए हामी रिफर गर्छौ र हामी संग बाट उपचार हुन नसक्ने अवस्थामा रिफर गर्छौ । ’

यसैबिच उपचारको लागी आउने मध्ये ०.१ प्रतिशत बिरामीहरुको मृत्यु हुने गरेको उनले जानकारी दिए । उनका अनुसार दैनिक रुपमा औषत १ जनाको मृत्यु हुने गरेको छ ।

लुम्बिनी अञ्चल अस्पतालले दिएको जानकारी अनुसार अस्पतालमा गत वर्ष २०७२÷७३ मा अस्पतालबाट मृत्यु हुनेको संख्या ४ सय ४ रहेको छ । जस मध्य उपचारको लागी आएका मध्य ईमरजेन्सीमा ८६ जनाको उपचारको क्रममा मृत्यु भएको थियो । भने भर्ना भई उपचार गराईरहेका ७४ जनाको ज्यान गएको छ । अस्पतालको जानकारी अनुसार घरबाट हिड्दा जिउदो र ल्याउदा ज्यान गुमाएका(ब्रेथ डेड)को संख्या भने २ सय ४४ रहेको छ ।

लुम्बिनी अञ्चल अस्पतालमा पोस्ट माटम गर्ने ब्यवस्था रहेको छ । समाजमा बिभिन्न कारणले मृत्यु भएका हरुको मृत्युको कारण खोज्नको लागी प्रहरीको रहोवरमा पोष्टमाटम हुने गरेको छ । सुचना अधिकारी रेग्मीका अनुसार गत आर्थिक वर्षमा ३ सय ९ जनाको पोष्टमाटम गरीएको थियो ।

अस्पतालबाट गत आर्थिक वर्ष २०७१÷७२ मा २ लाख ८ हजार ५ सय ५६ जना बिरामीहरुले सेवा लिएकोमा आर्थिक वर्ष २०७२÷७३ मा २ लाख १३ हजार ८ सय ४० जना बिरामीहरुले सेवा लिएको थिए ।