'लक्की' महासेठ, संसदमा तेस्रो इनिङ - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

‘लक्की’ महासेठ, संसदमा तेस्रो इनिङ



काठमाडौं । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य रघुवीर महासेठले प्रतिनिधिसभा सदस्यमा धनुषा–४ बाट विजयी भएपछि तेस्रोपटक संसदीय यात्रा तय गरेका छन् ।

निर्वाचन आयोगका अनुसार महासेठले ३२ हजार २६ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र यादवले ३२ हजार ११२ मत प्राप्त गरे ।

महासेठ २०६५ सालमा संविधानसभा सदस्य उपनिर्वाचनमा धनुषा–५ बाट निर्वाचित भएका थिए । उनले संविधानसभा र तत्कालीन व्यवस्थापिकामा विभिन्न समितिमा रहेर जिम्मेवारी निर्वाह गरेका थिए । उनी २०७४ सालमा संघीय संसद् प्रतिनिधिसभा सदस्यमा धनुषा–४ बाट विजयी भएका थिए ।

जनकपुर उपमहानगरपालिका–२ मा बाबु मखन र स्व. मायावती महासेठको कोखबाट २०१८ साल साउन २२ गते जन्मिएका महासेठ हाल नख्खु, ललितपुरमा छन् । उनका पत्नी जुलीकुमारी महतो, एक छोरा र एक छोरी छन् । उनले बीई (सिभिल इन्जिनियरिङ) अध्ययन गरेका छन् ।

एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनिययन (अनरास्ववियु) मा २०२८/०२९ सालबाट औपचारिक रूपमा महासेठ राजनीतिमा प्रवेश गरेका थिए । उनी २०३७ सालमा अनेरास्ववियुको प्रथम पूर्वाञ्चल क्षेत्रीय अध्यक्ष निर्वाचित भएका थिए ।

वि.सं २०३३ सालमा तत्कालीन नेकपा (माले)को सदस्यता लिएर पार्टीगत राजनीति औपचारिक सुरुआत गरे । ०५४ सालदेखि एमालेको केन्द्रीय भएर काम गरेका थिए । ०७६ सालमा एमालेको स्थायी कमिटी सदस्य भए ।

महासेठले ०६८ सालमा जलस्रोत तथा सिँचाइमन्त्री र ०७४ सालमा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको जिम्मेवारीमा रहेर काम गरेका थिए ।

उजले ०५१ सालमा उदयपुर सिमेन्ट उद्योगको कार्यकारी अध्यक्ष भएर पनि काम गरेका थिए । उनको विशेष रुचिको क्षेत्र विकास, खेलकुद हो ।

राजनीतिक घटनाक्रमका क्रममा २०२८/०२९ को संघर्षको बेला २७ दिन थुनामा बसेका थिए । उनले राजनीतिक आन्दोलनका क्रममा पटक–पटक गरी १३ महिना थुना र जेलजीवन बिताइसकेका छन् । रासस