लोकसेवा विज्ञापन : विद्यार्थीहरूको चेतावनी - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

लोकसेवा विज्ञापन : विद्यार्थीहरूको चेतावनी



काठमाडौँ – 

स्थानीय तहको कर्मचारी नियुक्तिका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापन तत्काल रद्द गर्न माग गर्दै संयुक्त विद्यार्थी सङ्घर्ष समितिले काठमाडौँमा प्रदर्शन गरेको छ।

सो विज्ञापन संविधानको मर्म र भावनाविपरीत खुलाइएको र समावेशी र समानुपातिक सिद्धान्तविपरीत भएको भन्दै सच्याउन दबाव दिने उद्देश्यले समितिले सोमबार काठमाडौँको माइतीघर मण्डलामा सरकारविरूद्ध प्रदर्शन गरेको हो।

प्रदर्शनका क्रममा विद्यार्थी नेताहरूले सरकारविरूद्ध चर्का नाराबाजी गरेका थिए। सो विज्ञापन तत्काल रद्द नगरे सरकारविरूद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि उनीहरूले दिएका छन्।