लोकू सिंह ठकुरीको "सुपर ग्लु" बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

लोकू सिंह ठकुरीको “सुपर ग्लु” बजारमा (भिडियो सहित)



हिमाल पोस्ट / कैलाली ।
संचारकर्मी तथा सर्जक लोकू सिंह ठकुरीको नया डि.जे. गित “सुपर ग्लु” सांगितीक बजारमा आएको छ ।

गायक हेमराज थापा (बाबुराजा) र तृप्ती खडकाले स्वर भरेको गितमा रिमिक्सको पाटो भने टेकेन्द्र रोकायाले सम्हालेका छन । साचो माया र प्रेम सुपर ग्लु जस्तै मजबुत र बलियो हुनु पर्छ र बनाईनु पर्छ भन्ने कुरालाई गित मार्फत दर्शक स्रोताको माझ दर्शाउन खोजिएको सर्जक ठकुरी बताएका छन ।

आफ्नो सृजनामा सहकार्य गर्ने गायक थापालाई पनी उनले धन्यबाद दिए । तपाईको सहकार्य गायक थापा संग मात्रै किन ? भन्ने हाम्रो प्रश्नमा उनले भने “हैन सहकार्य सबै संग गरेको छु । गायक राजेन्द्र बिष्ट, सज्जन धामी लगायत अन्य गायकहरु संग पनि सहकार्य गरेको छु तर अल्ली बढी हेमराज जी संग भएको छ । साहेद मेरा सृजनाहरु उहालाई अल्ली बढी मन पर्छ होला र मलाई पनी उहा संग सहकार्य गर्दा छुट्टै आनन्द लाग्छ । सबै भन्दा बढी उहा संग मन र बिचार मिल्ने भएर होकी !”

गायक थापा संगको सहकार्यमा ठकुरीका आउन माया घुम्नलाई धनगढी, ललीपप, बसाई सरेपछी लागायतका गितहरु सांगितीक बजारमा आईसकेका छन । अब चाडै सासु भन्या हु बोलको गित सार्वजनिक हुने उनले जानकारी दिए ।

भिडियो हेर्नुहोस :