लोकसेवा आयोग तयारी कक्षा सम्पन्न - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

लोकसेवा आयोग तयारी कक्षा सम्पन्न



विशाल पाण्डेय/सुखड ,कैलाली ।

” बेरोजगार युवा युवतीलाई रोजगारीमा पहुँच हाम्रो अभियान ” , भन्ने मुल नाराका साथ कैलालीको घोडाघोडी नगरपालिका -१ सुखडमा शिक्षा तथा प्राकृतिक संरक्षण मञ्च सुखडको आयोजना तथा घोडाघोडी नगरपालिकाको आर्थिक सहयोगमा गत चैत ९ गते देखि सुरु भएको  लोकसेवा आयोगको तयारी कक्षा बिहिवार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष  दिपेन्द्र शाहिको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथी घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरी रहेका थिए । प्रमुख अतिथीको आसनबाट बोल्दै नगर प्रमुख चौधरीले ‘आफुमा इच्छा शक्ति भयो भने जे जस्तो काम  पनि गर्न सकिने बताए । उनले भने ,”घोडाघोडि नगरपालिकाको आर्थिक सहयोगमा कक्षा संचालन गर्‍यौ, तर कक्षा लिएर मात्र पास हुँदैन  त्यस्को लागि पढ्ने बानिको बिकास गर्नुपर्ने र आफुहरु स्वयंमले जोडदार मेहेनत गर्नु पर्छ” । चौधरीले ‘आफ्नो लक्ष्य तथा उदेश्य कहाँ सम्म छ त्यो हेरेर आफ्नो लक्ष्य वा उदेश्य पूरा गर्ने तर्फ लाग्नुपर्ने बताए ‘।

कार्यक्रममा घोडाघोडी नगरपालिकाका निमित्त कार्यकारी प्रमुख उमेश राज रेग्मी ,घोडाघोडी नगरपालिका वडा नं ४  का वडाध्यक्ष टेक बुढा तथा नेपाल पत्रकार महासंघ प्रदेश नं ७ कि उपाध्यक्ष चाँदनी आचार्यले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

२ महिना सम्म संचालनमा रहेको तयारी कक्षामा ६५ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो भने सहभागी विद्यार्थीहरुलाई घोडाघोडी नगरपालिकाका नायक सुब्बा कृष्ण बिष्टले प्रशिक्षण दिएका थिए ।

भबिस्य बस्नेतको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रममा लोक सेवा तयारी कक्षामा सहभागी विद्यार्थी कल्पना शाहि र मोहन बि.क ले कक्षा लिदाका आफ्ना अनुभवहरु सुनाएका थिए ।

कार्यक्रमको सञ्चालन संस्थाका सचीव ओम आचार्यले गरेका थिए ।