लियो क्लब सिद्धबाबाद्वारा जन्मोत्सवमा बृक्षारोपण - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

लियो क्लब सिद्धबाबाद्वारा जन्मोत्सवमा बृक्षारोपण



बुटवल । लियो क्लब अफ बुटवल सिद्धबाबा द्वारा बुटवल ७ दिपनगर मनकामना मन्दिर परिसरमा ९ जना लियो सदस्यहरू को सामुहिक जन्मोत्सव एक एक वटा फलफूल को बिरुवा रोपेर मनाइएको थियो । उक्त कार्यक्रम को अध्यक्षता लियो सुनिल पोखरेलले गर्नु भएको थियो ।

प्रमुख अथिती लियो सल्लाहकार एबम सस्थापक लायन राम प्रसाद बन्जाडे, बिशिस्ट अथिती हरि प्रसाद रेग्मी एबम अथितीहरु मनकामना मन्दिर का अध्यक्ष सुरज खनाल, लायन्स क्लब अफ बुटवल सिद्धबाबाका अध्यक्ष भोज राज पान्डे, शिबनगर सामुदायिक बनका अध्यक्ष नारायण बाबू बस्नेत, गोल चौपारी आमा समुहकी अध्यक्ष उषा खनाल लागायत यश क्लबका पुर्ब अध्यक्ष एबम लायन्स क्लब बुटवल स्टारका उपाध्यक्षहरु लगायत सम्पुर्ण क्लबका सदस्य एबम आमा समुह परिवारको उपस्तिथिमा 80 बर्ष कि वृद्ध आमा रामकुमारी गुरुङ को हातबाट बृक्ष रोपण गरि तथा केक काटि कार्यक्रम समुदघाटन गरिएको थियो। कार्यक्रम मा बोल्दै गोल चौपारी आमा समुहकी अध्यक्षले सम्पुर्ण बिरुवा लाइ संरक्षण गर्ने प्रतिबद्धता जनाउँनु भयो भने सम्पुर्ण अतिथिहरुले होटल रेस्टुरेन्ट मा गरिने भब्य भोज भन्दा यो सामाजिक कार्य उत्कृष्ट रहेको पनि बताउनु भएको थियो ।

उक्त कार्यक्रममा सम्योजक लियो सुनिल गुप्ता ले स्वागत गर्नु भयको थियो भने क्लब का सचीव लियो खेम थापा ज्युले कार्यक्रम संचालन गर्नु भयको थियो ।