राजेन्द्र लिङ्देनले भने- रास्वपाले सरकार छोडे भोलिदेखि परिस्थिति गम्भीर हुन्छ - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

राजेन्द्र लिङ्देनले भने- रास्वपाले सरकार छोडे भोलिदेखि परिस्थिति गम्भीर हुन्छ



काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडे भोलिदेखि परिस्थिति गम्भीर हुने बताएका छन् । लिङ्देनले पार्टीको बैठकमा यस्तो बताएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले लिङ्देनलाई फोन गरेर आजै सरकार छोड्नसक्ने बताएको लिङ्देनले बैठकमा बताएका थिए ।

लामिछानेले राप्रपाको वैठकअघि आफूलाई फोन गरेको र सरकारबाट बाहिरिने बताएको लिङ्देनले पार्टीको केन्द्रीय कार्यसम्पादन बैठकमा सुनाए।

राप्रपाका एक नेताका अनुसार सरकारमा रास्वपा नवस्ने निर्णय आजकै बैठकले गर्नसक्ने र त्यसपछिको परिस्थिति गम्भीर हुने लिङ्देनले ब्रिफ्रिङ गरे।