राजेन्द्र लिङ्देनको घोषणा- एक रुपैयाँ घुस खाए खुलामञ्चमा झुण्डिएर मर्छु - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

राजेन्द्र लिङ्देनको घोषणा- एक रुपैयाँ घुस खाए खुलामञ्चमा झुण्डिएर मर्छु



काठमाडौँ- उपप्रधान, ऊर्जा जलस्रोत तथा सिचाइ मन्त्री राजेन्द्र लिङ्देन एक रुपैयाँ घुस लिएको प्रमाणित भए झुण्डिएर मर्न तयार रहेको बताएका छन् । ​

पिपिए सम्झौतामा एक अरब रकम लिएको कुप्रचार भएको भन्दै ​नेपाल विधुत प्राधिकरणले निजी क्षेत्रसँग विद्युत् खरिद सम्झौता गर्दा कुनै घुस या कमिसन नलिएको उनले प्रष्ट्र पारेका छन् । सुनियोजित ढंगबाट गरिएको दुष्प्रचारप्रति उनले आपत्ति जनाएका छन् ।

‘विधुत खरिद सम्झौतामा मात्र होइन मेरो जिम्मेवारीमा रहेको मन्त्रालयमा हुने कुनै पनि निर्णयमा मैले एक रूपैयाँ मात्र पनि घुस या कमिसन लिएको कसैले प्रमाणित गर्छ भने खुलामञ्चमा गएर झुण्डिन तयार रहेको सबैमा जानकारी गराउन चाहन्छु,’ उनले भनेका छन्, ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेरनै काम गर्नेछु। मैले यो कसैलाई भन्न र प्रचारका लागि मात्र प्रयोग गरेको वाक्य होइन । ‘राम्रो गर्ने प्रयत्न गर्नेछु । नराम्रो गर्ने छैन। निश्चिन्त रहन मेरा शुभेच्छुकहरूमा अपिल गर्दछु।’