विश्वासको मत नपाएका लिला गिरीले गरे फेरि मुख्यमन्त्रीमा दाबी - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

विश्वासको मत नपाएका लिला गिरीले गरे फेरि मुख्यमन्त्रीमा दाबी



काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशमा सरकार गठनका लागि दावी पेश गरेको छ । ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता तथा कामचलाउ बनेका मुख्यमन्त्री लिला गिरीले प्रदेश प्रमुख अमिक शेरचन समक्ष दावी पेश गरेका हुन् ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरकार गठनको दावी पेश गरिएको हो । संविधानको धारा १६८ को २ बमोजिम बनेको सरकारले बहुमत पाउन नसकेपछि एमाले नेतृत्वको सरकार आइतबार ढल्न पुगेको छ । त्यसपछि एमालेले ठूलो दलको हैसियतमा सरकार गठनको दावी पेश गरेको हो ।

लुम्बिनी प्रदेश सभा ८७ सदस्यीय छ । जसमा नेकपा एमालेका २९ सांसद छन् । नेपाली कांग्रेस २७, नेकपा माओवादी ११, राप्रपा ४, नागरिक उन्मुक्ति पार्टी ४, जसपा, लोसपा, जनमत ३–३, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी १–१, स्वतन्त्र १ छन् ।