लिची खाँदा दर्जनौँ बालबालिकाको मृत्यु - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

लिची खाँदा दर्जनौँ बालबालिकाको मृत्यु



हिमालपोस्ट/काठमाडौँ

भारत बिहारमा यस महिना दर्जनौ बालबालिकाहरूको मृत्यु भएको छ। तिनीहरूको मृत्युको कारण भने लिचीमा पाइएको विषाक्त पदार्थ हो भन्ने आशङ्का रहेको छ। बितेका दस दिनमा ३१ बालबालिकाको मृत्यु भएको एफपिले जनाएको छ भने भारतीय मेडियाहरूले ४३ जनाको मृत्यु भएको जनाएको छ।

धेरै मृत्यु मुजफ्फरपुर जिल्लामा भएको छ जहाँ लिचीका पर्याप्त बगैँचाहरू छन्। लिची खाएर बिरामी परेका बालबालिकाहरूमा ‘एक्युट इन्सेफलाइटिस सिन्ड्रम(एइएस)’ देखिएको थियो। मृत्यु हुने धेरैको रगतमा ग्लुकोजको मात्रा स्वात्तै घटेको थियो।

त्यस्तै लक्षण भएका अन्य ४० बालबालिकालाई आइसियुमा उपचार गरिँदैछ। यस्तो किसिमको बिमारी लिची हुने मौसममै हरेक वर्ष देखा पर्दैछ। २०१४ मा ‘चम्की बुखार’ भनिने यस बिरामीले १५० जनाको ज्यान लिएको थियो।

(फोटो : सञ्जय कनौजिया/एएफपि)