एमाले सचिव लेखराज भट्टलाई ज्यान मार्ने धम्की - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

एमाले सचिव लेखराज भट्टलाई ज्यान मार्ने धम्की



पूर्वमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सचिव तथा एमाले सुदूरपश्चिमका इन्चार्ज समेत रहेका लेखराज भट्टलाई ज्यान मार्ने धम्की आएको छ ।

उनलाई अज्ञात समूहले ज्यान मार्ने धम्की दिएको बताइएको छ । मंगलबार बिहानै भट्टको गोदावरी नगरपालिका अत्तरियास्थित घरमै आएर सो समूहले धम्की दिएको हो।

आफू घरमा नरहेको अवस्थामा अत्तरियास्थित निजी निवासमै पुगेर परिवारका सदस्यलाई अज्ञात समूहले धम्की दिएको उनले बताए।

भट्टका अनुसार अज्ञात समूहका आधा दर्जन बढी युवाहरू घरमा पसेका थिए। उनीहरूले घरभित्र पसेर कहाँ छ भन्दै घरमा रहेका आफ्ना परिवारका सदस्यहरूलाई दुर्व्यवहार गरिएको जनाए।

उनले भने,‘बिहान ८ बजेको समयमा म घरमा नभएको बेला घरमा आएर मन्त्री कहाँ छ? त्यसलाई ठीक पार्छौ भन्दै धम्की दिएछन्। म धनगढी रहेको अवस्थामा यस्तो घटना भएछ। मैले प्रहरी प्रशासनसँग सुरक्षा माग गरेको छु।’

लेखराज कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत छन्।