लामो समय पछि आयो तरकारीवालीको हट भिडियो(भिडियो सहित) - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

लामो समय पछि आयो तरकारीवालीको हट भिडियो(भिडियो सहित)



समीर प्रकाश पाण्डे/चैत्र १५ 

केही समय अगाडि कुसुम श्रेष्ठको तरकाली बोकेको फोटो समाजिक सञ्जालमा भाईरल बने लगत्तै त्यसैलाई विषयवस्तु बनाएर धेरै गीत बजारमा पनि आए त्यस मध्यको एउटा गीत हो रोशन सिहंको लोक पप गीत तरकालीवाली जुन गीतको अडियो पहिला नै बजारमा आएको थियो दर्शक श्रोताको प्रतीक्षामा रहेको भिडियो पनि केही दिन अागाडि सार्वजनिक गरिएको छ ।

पछिल्लो समयमा चर्चामा रहेका गायक रोशन सिहं र गायिका भिमा लामिछाने मगरको स्वरमा रहेको लोक पपमा आधारित तरकालीवालाको शब्द नवराज विश्व र खुसल परियारले लेखेका छन् भने लय रोशन सिहंकै रहेको छ। गीतको भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका छन् । चन्दा दाहाल र सुमन खतिवडाको दमदार नित्य रहेको भिडियोमा मुकेश हुमागाई को छायांकनमा मिलन बि.कको सम्पादन रहेको छ ।
गीतलाई रक्षा म्युजिक प्रा.लीले बजार व्यवस्थापन गरेको छ ।