लम्किमा तेस्रो प्याब्सन क्रीकेट कप सुरु ,उद्घाटन खेलमा सर्बोदय बिद्या मन्दिर विजयी  - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

लम्किमा तेस्रो प्याब्सन क्रीकेट कप सुरु ,उद्घाटन खेलमा सर्बोदय बिद्या मन्दिर विजयी 



बौनिया,कैैैलाली । कैलालीको लम्की चुहा नगरपालिकामा आज देखी तेस्रो प्याब्सन क्रीकेट कप सुरु भएको छ । लम्की चुहा नगरपालिका स्तरिय निजि तथा आवासिय बिधालय संगठन नेपाल (प्याब्सन) समितिको आयोजनामा उक्त क्र्रीकेट कप सुरु भएको हो ।

प्याब्सन समितिका अध्यक्ष गोबिन्द शाहको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी लम्की चुहा नगरपालिकाका प्रमुख महादेव बजगाई रहनु भएको थियो । यसै गरि बिशिस्ट अतिथिमा प्याब्सन कैलाली जिल्ला अध्यक्ष डिल्ली राज रेग्मी र प्रदेश प्याब्सन समितिका सह सचीव डिल्ली बोहरा रहनु भएको थियो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै नगर प्रमुख महादेव बजगाईले, प्याब्सनलाई धन्यवाद दिदै खेलाडिले अनुशासित भएर खेलको लाग लिन आग्रह गर्नुभयो । नगर प्रमुख बजगाईले खेलले खेलाडी र बिद्यार्थीको ब्यक्तित्व र क्षमता बिकास हुने बताउनु भयो । प्रमुख बजगाईले राज्यले गर्नु पर्ने काम निजि तथा आवासिय बिधालयले गर्नु सरानिय काम भएको बताउदै अब बिधालयले शिक्षालाई मात्र प्राथमिकता न दिई अतिरिक्त क्रियाकलाप गर्न पनि आग्रह गर्नु भयो ।

लम्की चुहा नगरपालिका स्तरिय प्याब्सन समितिका सचिब भुपेन्द्र तिमिल्सेनाले संचालन गरेको कार्यक्रममा प्याब्सनका उपाध्यक्ष मोहन ढुङ्गानाले स्वागत गर्नु भएको थियो ।

प्याब्सन जिल्ला कमिटी सदस्य जनक बिष्टले कार्यक्रमको प्रकाश पार्दै खेलले बिद्यार्थीको शारीरिक बिकास गर्ने बताउनु भयो । साथै बिष्टले क्रीकेटले लम्किलाई चिनाउन र लम्किका प्याब्सन बिधालय बाट उत्कृष्ट खेलाडी छनौट गरि नगर स्तरिय टिमको घोषणा गर्न पनि खेलको आयोजना गरेको बताउनु भयो ।

प्रतियोगितामा लम्की चुहा नगरपालिका भित्रका प्याब्सन समितिका सदस्य बिधालय मध्य मा बि र आधारभुत तह गरि २५ बिधालयको सहभागिता रहेको छ । जारी प्रतियोगितामा आधारभुत तहका १७ बिधालयलाई ४ समुहमा बिभाजन गरिएको छ भने मा बि का ८ बिधालयलाई २ समुहमा बिभाजन गरिएको छ । प्रतियोगिता लिक चरणमा खेलाईने प्याब्सन समितिका उपाध्यक्ष मोहन ढुङ्गानाले जानकारी दिनुभयो ।

आजको उदघाटनमा ग्लोबल एकाडमी लम्कीका बिरुद्ध सर्बोदय बिद्या मन्दिर गुलराका बिच भएको खेलमा सर्बोदय बिद्या मन्दिर बिजयी भएको छ । आज दिउसो पन्चकोषी क्रीकेट खेल मैदानमा भएको टसमा सर्बोदयले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको ग्लोबल एकाडमिले निर्धारित १५ ओभर खेल्दै सबै बिकेट गुमाउदै ५६ रन बनाउन सफल भएको थियो । ग्लोबललाई सस्तैमा समेट्ने क्रममा सर्बोदयका टेकराज खनालले ३ ओभरमा १० रन खर्चिदै ३ बिकेट लिएका थिए । ग्लोबलका लागी बिबेक देवकोटाले १३ रन बनाउन बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन ।

५७ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको सर्बोदयले १०.५ ओभर खेल्दै ५ बिकेटको क्ष्यतिमा लक्ष्य भेटाउन सफल भएको थियो । ग्लोबलका शिबराज अधिकारिले ४ बिकेट लिए पनि आफ्नो टिमलाई जित दिलाउन सकेनन । २० रन बनाएका सर्बोदयका सुरज खत्री म्यान अफ द म्याच बन्न सफल भए ।