यी हुन् पत्रकारलाई बन्धक बनाउने लम्कीचुहाकी मेयर - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

यी हुन् पत्रकारलाई बन्धक बनाउने लम्कीचुहाकी मेयर



धनगढी- कैलालीको एक नगरपालिकाकी मेयरले पत्रकारलाई बन्धक बनाएको आरोप लागेको छ।

जिल्लाको लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाहीले पत्रकार खेम ढुङ्गानालाई बन्धक बनाएको आरोप लागेको हो। कैलालीका पत्रकार ढुङ्गाना आइतबार रिपोर्टिङको क्रममा लम्कीचुहा पुगेका थिए।

मेयर शाहीले आफ्नो निजी निवास निर्माण गर्न नगरपालिकाका सवारीसाधन प्रयोग गरिरहेको बारेमा रिपोर्टिङ गर्न थालेपछि आफूलाई केही घण्टा नियन्त्रणमा लिएको पत्रकार ढुङ्गानाले बताए।

नगर प्रमुख शाहीले आफूलाई नजिकैको होटेलमा लगेर मोबाइल र आफूलाई नियन्त्रणमा लिएर खिचेका सबै तस्वीर तथा भिडिओ डिलिट गर्न लगाएको आरोप ढुङ्गानाले लगाएका छन्। मेयर शाहीसँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल स्विच अफ छ।

यसैबीच ढुङ्गानालाई समाचार संकलन गरिरहेका वेला मेयर शाहीले गरेको व्यवहारप्रति प्रेस चौतारी कैलालीले विरोध जनाएको छ।

सचिव जनक बिष्टले विज्ञप्ति जारी गर्दै घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका छन्।