लम्की बहुमुखी क्याम्पसमा खेलकुद प्रतियोगिता सम्पन्न - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

लम्की बहुमुखी क्याम्पसमा खेलकुद प्रतियोगिता सम्पन्न



लम्की । लम्की बहुमुखी क्याम्पसमा गत माघ ९ गतेबाट सुरु भएको अन्तर संकाय खेलकुद प्रतियोगिता को आज एक कार्यक्रमका बिच समापन गरिएको छ ।

प्राध्यापक अमर रावल को सभापतित्वमा भएको कार्यक्रम को प्रमुख अतिथी क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष बखत बहादुर बिष्ट,विशिष्ट अतिथिमा क्याम्पस प्रमुख सरोज कुमार शाह रहनु रहनु भएको थियो ।

गत माघ ९ गतेबाट सुरु भएको खेलकुद सप्ताहमा विभिन्न बिधामा बिजयि हुने विद्यार्थीहरुलाई प्रमाणपत्र ट्रफी र मेडल प्रदान गरिएको क्याम्पस प्रमुख सरोज कुमार शाहले जानकारी दिनु भयो । खेलकुद सप्ताहमा छात्र छात्रा भलिबल,फुटबल,ब्याटमिन्टन ,१०० र १००० मिटरडौड,सटफुट,हाईजम्प,हाजरिजवाफ लगायतका खेलहरु भएका थिए ।लम्कीचुहाको स्नातकोत्तर तहसम्म पढाइ हुने यो क्षेत्रको एक मात्र उच्च शैक्षिक संंस्था लम्की बहुमुखी क्याम्पसमा स्नातक तहमा ब्यबस्थापन,शिक्षा,मानबिकी संकाय र स्नातकोत्तर तहमा शिक्षा संकाय सम्म पढाई हुँदै आएको छ । प्रयाप्त भौतिक सुबिधा सम्पन्न आफ्नै बहान भएको लम्की बहुमुखी क्याम्पस पछिल्लो समय सबैको रोजाईमा पर्दै आएको छ ।

कार्यक्रममा स्ववियु सभापति ललित जैशि, अनेरास्ववियु क्रान्तिकारी सुरेन्द्र थापा,नेपाल विद्यार्थी संघका ललित देउवा,अखिल क्रान्तिकारिका कृष्ण बिक लगायतकाले मन्तव्य राखेका थिए ।

प्राध्यापक संघ सभापति टंक सापकोटाको स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रमको संचालन प्राध्यापक प्रेम मुडभरिले गर्नु भएको थियो ।