ललिता निवास जग्गा प्रकरण- केहि बेरमै छुटे पक्राउ परेका अभियुक्त - Himal Post Himal Post
  • १२ जेष्ठ २०८१, शनिबार
  •      Sat May 25 2024
Logo

ललिता निवास जग्गा प्रकरण- केहि बेरमै छुटे पक्राउ परेका अभियुक्त



काठमाडौं- ललिता निवास जग्गा प्रकरणमा मंगलबार पक्राउ परेका अभियुक्त केहीबेरमै रिहा भएका छन् । पक्राउ परेका तीन जनालाई प्रहरीले कागज गराएर रिहा गरेको हो ।

पूर्वसहसचिव कलाधर देउजा, पूर्वउपसचिव हुपेन्द्रमणि केसी र सुरेन्द्र कपालीलाई पक्राउ गरिएको केही घन्टामै कागज गरेर छाडिएको हो ।

गत साउन १९ गते सर्वोच्च अदालतले उनीहरू तीनै जनालाई पक्राउ नगरी हिरासत बाहिरै राखेर अनुसन्धान गर्न अन्तरिम आदेश दिएको थियो ।

सर्वोच्चको अन्तरिम आदेशको उक्त प्रमाण पेस गरेपछि आरोपित तीन जनालाई प्रहरीले कागज गराएर रिहा गरेको हो । उनीहरूलाई हिरासतबाहिरै राखेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

उक्त प्रकरणमा प्रहरीले मंगलबार सात जनालाई पक्राउ गरेको थियो । जसमध्ये निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका संचालक मिनबहादुर गुरुङ, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र गोपाल कार्की भने प्रहरी हिरासतमा छन् ।