लालबाबु पण्डितले भने - लोकसेवाको विज्ञापन संविधानसम्मत - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

लालबाबु पण्डितले भने – लोकसेवाको विज्ञापन संविधानसम्मत



काठमाडौँ –

लोकसेवाले गरेको विज्ञापनबारे छलफल गर्न संसद्को राज्य व्यवस्था समितिले यसअघि बोलाएका दुई बैठकमा अनुपस्थित सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले सोमबार उठेका प्रश्नहरूको जबाफ दिँदै मन्त्रालयको सिफारिसमा लोकसेवाले गरेको विज्ञापन जायज भएको बताए ।

‘प्रदेश लोकसेवा आयोग गठन नभएको हुनाले समायोजन ऐनअनुसार लोकसेवा आयोगले नै विज्ञापन गर्ने हो । त्यही अनुरूप विज्ञापन गरिएकाले यो विज्ञापन संविधानसम्मत छ । अहिले हामीलाई किन छुटाएको भन्दै स्थानीय तहबाट कर्मचारी माग गरी पत्र आएको छ । कर्णाली प्रदेशले मन्त्रीस्तरीय निर्णय भएर कर्मचारी दिनपऱ्यो भनेर आएको छ । स्थानीय तहका जनप्रतिनिधि कर्मचारी नदिए राजीनामा दिन्छु भनेर डेलिगेसन आइरहेका छन् । यो समितिले बुझिदियोस्’, पण्डितले कर्मचारी माग र व्यवस्थापन गर्नुपर्नाको कठिनाइ बुझिदिन आग्रह गर्दै भने ।

विज्ञापन समावेशी नभएको भन्दै सांसद्हरूले गरेको आपत्तिको जबाफ पनि लालबाबु पण्डितले दिएका छन् । समावेशी, समानुपातिक लोकसेवाले छुट्याउने भए पनि फरक–फरक एकाइ भएकाले नमिलेको उनले प्रष्ट पारे ।