कुवेतस्थित नेपाली दूतावासबाट आयो खुशीको खबर , रोकिएकोे ५ करोड रकम नेपाल फिर्ता - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

कुवेतस्थित नेपाली दूतावासबाट आयो खुशीको खबर , रोकिएकोे ५ करोड रकम नेपाल फिर्ता



काठमाडौं । नेपाली दूतावास कुवेतले सन् २०१७ मा दूतावासको पहलमा नेपाली कामदारको कुवेतमा विभिन्न कारणले रोकिएको रकम नेपाल पठाइएको जनाएको छ ।

दूतावासले प्रेस विज्ञप्तिमार्फत् नेपाली मृतक कामदारहरुको क्षतिपूर्तिबापतको बिमा रकम, बाँकी तलब, काम छोड्दा पाउने रकम, कम्पनीबाट प्राप्त सहयोग रकम गरी १ लाख ५७ हजार ७ सय ८६ कुवेती दिनार अर्थात् ५ करोड २६ लाख ४३ हजार ८ सय ८३ नेपाली रुपैयाँ नेपाल पठाएको जनाएको छ ।

दूतावासले जम्मा ३१ जना नेपाली कामदारहरुले पाउन बाँकी रहेको त्यसखालको रकम कामदारका हकदारहरुले पाउनेगरी विभिन्न समयमा परराष्ट्र मन्त्रालयमा पठाएको जनाएको छ ।