कुलदीप यादवले रचे नयाँ किर्तिमान - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

कुलदीप यादवले रचे नयाँ किर्तिमान



काठमाडौं । कुलदीप यादव एक दिवसीय क्रिकेटको करियरमा दोस्रो ह्याट्रिक गर्ने पहिलो भारतीय खेलाडी बनेका छन् ।

यादवले वेष्ट इन्डिजविरुद्ध भारतको विशाखापट्नममा भएको दोस्रो एक दिवसीय क्रिकेटमा ह्याट्रिक लिएर उक्त कीर्तिमान रचेका हुन् । उनले साइ होप, जासन होल्डर र अल्जारी जोसेफलाई आउट गरे ।

कुलदीपले यसअघि सन् २०१७ मा अष्ट्रेलियाविरुद्ध कोलकातामा ह्याट्रिक गरेका थिए ।

भारतीय क्रिकेटरहरुमा यसअघि चेतन शर्मा, कपिल देव र मोहम्मद शमीले ह्याट्रिक लिएका थिए ।

खेलमा भारत १०७ रनले विजयी भयो ।