प्रदेश-५ का गृहमन्त्री केसीले थाले‘अन द स्पोट कारबाहि’अभियान - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

प्रदेश-५ का गृहमन्त्री केसीले थाले‘अन द स्पोट कारबाहि’अभियान



बुटवल । प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री (गृहमन्त्री) कुल प्रसाद केसीले ‘अन द स्पोट कारबाहि’अभियान शुरु गरेका छन् ।

अबैध तस्करी र कालोबजारी रोक्न उनले यो अभियान थालेको बताए ।‘अभियान तत्काल थाल्न निर्देशन दिएको छु,अबैध काम अब सबै ठेगान लाग्नेछ’ मन्त्री केसीले नागरिक आवाजसंग भने ।

प्रदेश ५ का धेरै स्थान सीमानाकासंग जोडिएको र सीमामा तस्करी, त्यस्तै अबैध रुपमा नदीजन्य बस्तुहरु निकासी भैरहेको प्रति पनि मन्त्री केसीले कडा कारबाहि संचालन गर्न प्रदेश ५ का एसएसपि दीपक थापालाइ कडा निर्देशन दिएका हुन् ।

खासगरि परासीको तिलकाना जोडेनी खोला ,तुरीया खोला,भुमहि पानबार लगायतका क्षेत्रमा नियमित अबैध तस्करी भैरहेको भन्ने स्थानीयले मन्त्रालयमा गुनासो गरेका थिए ।

सो कृयाकलाप रोक्न प्रदेशको उच्च अदालत बुटवलले स्टे अडर समेत जारी गरिसकेको छ ।

स्थलगत निरिक्षण गर्ने , अनियमितता अबिलम्ब रोक्ने,जनताको सुख दुखमा हातेमालो गर्ने लगायतका काम शुरु गरिएको मन्त्री केसीका प्रेस संयाेजक डिल्ली पाेखरेलले बताए ।

मन्त्री केसी सरकारी क्वाटरमा बस्न थालेका छन् ।  बुटवलको हुलाक कार्यालयमा रहेको उनको सरकारी क्वाटर रहेको छ। कपिल ज्ञवालीकाे सहयाेगमा