काठमाडौं महानगर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

काठमाडौं महानगर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन



काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ।

उनको बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिए। डेंगु संक्रमण भएर उनी ग्राण्डी अस्पतालमा उपचार गराइरहेका थिए।

रिजाल गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट ४ हजार ५ मतका साथ अध्यक्षमा विजयी भएका थिए। उनले नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरलाई पराजित गरेका थिए।