नेपाल आईडलका सुरज थापा कोरिया आउँदै - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

नेपाल आईडलका सुरज थापा कोरिया आउँदै



केशव पोखरेल/दक्षिण कोरिया
“लुम्बिनीको गौरव अर्घाखाँचीको सान लुम्बिनी घर स्थापनार्थ हाम्रो अभियान” भन्ने मूल नाराका साथ अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरियाले यहाँको मुख्य पर्व छुसकको अवसरमा आयोजना गर्न लागेको “सुपादेउरालि सांस्कृतिक सौगात भाग १” मा आफ्नो बेजोड प्रस्तुति देखाऊनको लागि नेपाल आईडलका चर्चित गायक सुरज थापा कोरिया आउन लागेका हुन |
आगामी अक्टोबर ५ तारीकमा  हुने उक्त कार्यक्रममा थापाका साथमा चर्चित लोकगायक रामजी खांण, लोकगायीका सम्झना लामिछाने मगर, हाँस्य कलाकार दिनेश काफ्ले, चर्चित डान्सर रश्मि तामाङको पनि बेजोड प्रस्तुति रहने आयोजक समितिले जानकारी गराएको छ |

कार्यक्रम सफल पार्नको लागि अहोरात्र लागीपरेको मन्चका सहकोषाध्यक्ष टिकाराम पोखरेलले  भने “कार्यक्रम सफल पार्नको लागि कामको बाडफाँड गरी हामी लागि परेका छौँ, कार्यक्रम सफल पार्नु नै हाम्रो लागि गौरवको कुरा हुनेछ”|

कोरियामा रहेका सम्पुर्णआदरणिय नेपाली दाजु भाइ तथा दिदी बहिनीहरूलाई, उक्त कार्यक्रममा उपस्थित भई मनोरन्जन लिनका लागि विशेष अनुरोध समेत मन्चले गरेको छ |