विराट कोहलीले बनाए नयाँ किर्तिमान - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

विराट कोहलीले बनाए नयाँ किर्तिमान



एजेन्सी । विराट कोहलीले कप्तानको रुपमा रिकी पोन्टिङले बनाएको ४१ अन्तर्राष्ट्रिय शतकको किर्तिमान बराबरी गरेका छन् ।

अस्ट्रेलियाका पूर्व कप्तान पोन्टिङले करिब एक दशकमा ३२४ खेलको ३७६ इनिङबाट सो किर्तिमान बनाएका थिए । कोहलीलाई सो कोशेढुङ्गासम्म पुग्न ६ वर्षमा १६० खेलको १८८ इनिङ मात्र लाग्यो ।

कोहलीले कप्तानको रुपमा टेस्टमा बनाएको शतकको सङ्ख्यामा पनि पोन्टिङलाई उछिनेका छन् । ५३ टेस्टमा कोहलीको यो २० औँ शतक थियो । उनीभन्दा अघि मात्र ग्रेइम स्मिथ रहेका छन् । उनले १०९ टेस्टमा २५ शतक बनाएका थिए ।

कप्तान कोहलीले १ सय ३६ रन बनाएपछि भारत बङ्गलदेशबिरुद्ध दोस्रो टेस्टमा जीतको नजिक पुगेको छ ।

बङ्गलादेशले पहिलो इनिङमा बनाएको १ सय ६ रनको जवाफमा भारतले ९ विकेटको क्षतिमा ३ सय ४७ रन बनाएपछि इनिङ समाप्तीको घोषणा गरेको थियो ।

दोस्रो दिनको खेल समाप्त हुँदा बङ्गलादेशले ६ विकेटको क्षतिमा १ सय ५२ रन बनाएको छ ।