ऋषभ पन्तको सटप्रति विराट कोहली रिसले चूर.. - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

ऋषभ पन्तको सटप्रति विराट कोहली रिसले चूर..



हिमालपोस्ट/काठमाडौँ

न्युजिल्यान्डविरुद्ध लर्बरिँदै लक्ष्य पछ्याइरहेको भारतको टोलीलाई जब ऋषभ पन्तका रूपमा पाँचौँ झट्का लाग्यो, प्याभिलियनमा बसेका कप्तान विराट कोहली रिसले चूर भए।

विश्वकप सेमीफाइनमा न्युजिल्यान्डविरुद्ध २४० रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको भारतीय टोली सुरुदेखि नै सङ्कटमा फँस्यो। भारतीय टोलीको सुरुवात यति धेरै लज्जास्पद रह्यो कि टोलीका तीन प्रमुख ब्याट्सम्यान १० रनभित्रै प्याभिलियन फर्किए। जडेजाबाहेक कुनै पनि ब्याट्सम्यान टिक्न सकेनन् र भारतले १८ रनले पराजय भोग्नुपऱ्यो।

विकेटको पतझडका बीच ऋषभ पन्त र हार्दिक पान्ड्याले केही बेर पारी सम्हालेका पनि थिए। दुईबीच ४७ रनको साझेदारी भयो। यसैबीच ऋषभ पन्त सेन्टनरको बलमा जिम्मवारीविहीन सट खेलेर आउट भए। यो देखेपछि ड्रेसिङ कक्षमा बसेका कप्तान विराट कोहली रिसले चूर भए, बाहिर निस्के र कोच रवि शास्त्रीसँग बहस गर्न थाले।

भारतीय टोली बीचमै फँसेको छ। जुन बेला पन्तले यो सट मिडविकेटका तर्फबाट खेले, त्यसको कुनै आवश्यकता थिएन। यस म्याचमा ऋषभ पन्तले जिम्मेवारी आफ्नो काँधमा लिएर टोलीलाई बलियो बनाउनेछन् भन्ने अपेक्षा गरिएको थियो तर उनी ५६ बलमा ३२ रन बनाउँदै विकेट फ्याँकेर हिँडे।

यसै कारणले कप्तान विराट कोहली रिसले आगो भए।

(एजेन्सीको सहयोगमा)