खेलकुद तथा अतिरिक्त क्रियाकलाप प्रतियोगीता सम्पन्न - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

खेलकुद तथा अतिरिक्त क्रियाकलाप प्रतियोगीता सम्पन्न



ललित जाग्री
देवकलिया,कैलाली । सुखड स्रोत केन्द्र स्तरीय खेलकुद तथा अतिरिक्त क्रियाकलाप प्रतियोगीताका लागि खेलकुद तथा अतिरिक्त क्रियाकलापमा सहभागी हुने विद्यार्थी छनौट प्रतियोगीता कैलालीको घोडाघोडी नगरपालिका – ५ देवकलिया स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा देवकलियामा सोमबार सम्पन्न भएको छ ꫰

राष्ट्रिय माध्यमिक विद्यालय देवकलियाका प्रधानाध्यापक लछीराम चौधरीको संयोजकत्वमा भएको खेलकुद तथा अतिरिक्त क्रियाकलाप प्रतियोगीताका लागि विद्यार्थी छनौटको समापन कार्यक्रमको प्रमुख अतिथीमा घोडाघोडी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष प्रेम बहादुर रोकाया, विशिष्ट अतिथीमा राष्ट्रिय माध्यमिक विद्यालय देवकलियाका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष जीत बहादुर चौधरी रहनु भएको थियो ‌꫰

खेलकुद तथा अतिरिक्त क्रियाकलाप प्रतियोगीताको दोस्रो दिन सोमबार भएको हाजिरी जवाफ प्रतियोगीतामा प्रथम जनप्रिय आधारभुत विद्यालय फारम “ख” का दिपा भट्ट, सागर चौधरी, प्रकाश राना, द्धितिय जनता आधारभुत विद्यालय सरैयाका स्मृती चौधरी, नारती बिष्ट, सचिन भण्डारी, तृतिय चिल्ड्रेन गार्डेन ई.बो.स्कुल सुन्दरपुरका मनिशा ओझा, लोकेश कडायत, ईन्द्र साउद हुनु भएको छ ꫰

चित्रकला प्रतियोगीतामा छात्र तर्फ प्रथम चिल्ड्रेन गार्डेन ई.बो.स्कुल सुन्दरपुरका अमन चौधरी, द्धितिय जनप्रिय आधारभुत विद्यालय फारम “ख” का रोशन बडुवाल, तृतिय जनता आधारभुत विद्यालय सरैयाका धनिराम चौधरी, छात्रा तर्फ प्रथम चिल्ड्रेन गार्डेन ई.बो.स्कुल सुन्दरपुरकी कल्पना रावल, घोडाघोडी आधारभुत विद्यालय सुन्दरपुरकी राधिका चौधरी, तृतिय राष्ट्रिय माध्यमिक विद्यालय देवकलियाकी प्रसंशा चौधरी रहेका छन् ꫰

श्रुति लेखन प्रतियोगीतामा प्रथम चिल्ड्रेन गार्डेन ई.बो.स्कुल सुन्दरपुरकी कंचन चौधरी, द्धितिय
जनप्रिय आधारभुत विद्यालय फारम “ख” का भरत ढुंगाल, तृतिय चाईल्ड गार्डेन ई.बो. स्कुल देवकलियाकी अनिता जोशी रहेका छन् ꫰

१००×४ मिटर रिले दौडमा प्रथम राष्ट्रिय माध्यमिक विद्यालय देवकलियाका अमित चौधरी, रोशन चौधरी, गणेश बिक, श्रीराम चौधरी, द्धितिय जनज्योती आधारभुत विद्यालय सिमथडीका खेम साउद, राजन चौधरी, निर्मल चौधरी, निलम चौधरी, तृतिय चिल्ड्रेन गार्डेन ई.बो. स्कुल सुन्दरपुरका रिजन चौधरी, शिसिर चौधरी, चन्दन चौधरी, भुपेन्द्र रावत छात्रा तर्फ प्रथम जनप्रिय आधारभुत विद्यालय फारम “ख”की बिमला महरा, कल्मा भण्डारी, बसन्ति ठगुन्ना, लक्ष्मी बराल, द्धितिय राष्ट्रिय माध्यमिक विद्यालय देवकलियाकी कुश्मा महरा, पुजा खड्का, शर्मा बोगटी, मिना बिक, तृतिय जनता आधारभुत विद्यालय सरैयाकी किरण चौधरी, सोनिका चौधरी, अमृता चौधरी, निर्मला ढुंगाल हुनु भएको छ ꫰

१०० मिटर दौड, लमजम्प, म्युजिकल चेयर, चम्चा दौड, र जेरी दौड प्रतियोगीता आइतबार भएको थियो जसमा सम्पुर्ण विद्यालयहरुको मिश्रित नतिजा आएको थियो ꫰