खेलकुद तथा अतिरिक्त क्रियाकलाप प्रतियोगीता सञ्चालन - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

खेलकुद तथा अतिरिक्त क्रियाकलाप प्रतियोगीता सञ्चालन



ललित जाग्री
देवकलिया, कैलाली । सुखड स्रोत केन्द्र स्तरीय खेलकुद तथा अतिरिक्त क्रियाकलाप प्रतियोगीताका लागि खेलकुद तथा अतिरिक्त क्रियाकलापमा सहभागी हुने विद्यार्थी छनौट प्रतियोगीता कैलालीको घोडाघोडी नगरपालिका – ५ देवकलिया स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा देवकलियामा आइतबार देखि सुरु भएको छ ꫰

राष्ट्रिय माध्यमिक विद्यालय देवकलियाका प्रधानाध्यापक लछीराम चौधरीको संयोजकत्वमा भएको खेलकुद तथा अतिरिक्त क्रियाकलाप प्रतियोगीताका लागि विद्यार्थी छनौट कार्यक्रमको प्रमुख अतिथीमा घोडाघोडी नगरपालिका वडा नम्बर ५ का वडा सदस्य काले खत्री, विशिष्ट अतिथीमा राष्ट्रिय माध्यमिक विद्यालय देवकलियाका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष जीत बहादुर चौधरी रहनु भएको थियो ‌꫰

प्रमुख अतिथीले रिबन काटेर उद्घाटन गरेको खेलकुद तथा अतिरिक्त क्रियाकलाप प्रतियोगीतामा राष्ट्रिय माध्यमिक विद्यालय देवकलिया,जनप्रिय आधारभुत विद्यालय फारम “ख”, जनता आधारभुत विद्यालय सरैया, जनज्योती आधारभुत विद्यालय सिमथडी, घोडाघोडी आधारभुत विद्यालय सुन्दरपुर, चिल्ड्रेन गार्डेन ई.बो. स्कुल सुन्दरपुर, कालिका आधारभुत विद्यालय सितलपुर, चाईल्ड गार्डेन ई.बो. स्कुल देवकलिया, फारवेष्ट रिपब्लिक ई.बो. स्कुल सरैया र जि.सी. घोडाघोडी ई.बो स्कुल सरैयाका विद्यार्थीहरु सहभागी थिए ꫰

आइतबार भएको १०० मिटर दौड(कक्षा ४ र ५) मा छात्र तर्फ प्रथम घोडाघोडी आधारभुत विद्यालय सुन्दरपुरका दिपक रतोकी, द्धितिय राष्ट्रिय माध्यमिक विद्यालय देवकलियाका प्रमोद चौधरी, तृतिय जनप्रिय आधारभुत विद्यालय फारम “ख”का उमेश भण्डारी, छात्रा तर्फ प्रथम चाईल्ड गार्डेन ई.बो. स्कुल देवकलियाकी प्रतिभा बिष्ट, द्धितिय कालिका आधारभुत विद्यालय सितलपुरकी बन्दना चौधरी, तृतिय घोडाघोडी आधारभुत विद्यालयकी बसन्ति रावत रहेका छन् ꫰ त्यस्तै १०० मिटर दौड ( कक्षा ६-८) मा छात्र तर्क राष्ट्रिय माध्यमिक विद्यालय देवकलियाका अमित चौधरी, द्धितिय जनज्योती आधारभुत विद्यालय सिमथडीका खेम साउद, तृतिय जनप्रिय आधारभुत विद्यालय फारम ख का अमित चौधरी, छात्रा तर्फ प्रथम राष्ट्रिय माध्यमिक विद्यालय देवकलियाकी कुश्मा महरा, द्धितिय जनज्योती आधारभुत विद्यालय सिमथडीकी सुनिता बिक, तृतिय जनप्रिय आधारभुत विद्यालय फारम ख की बिमला महरा रहेका छन् ꫰

लमजम्प प्रतियोगीतामा छात्र तर्फ प्रथम जनज्योती आधारभुत विद्यालय सिमथडीका सुनिल चौधरी, द्धितिय चिल्ड्रेन गार्डेन ई.बो. स्कुल सुन्दरपुरका राजेश चौधरी, तृतिय जनता आधारभुत विद्यालय सरैयाका सुजन चौधरी, छात्रा तर्फ प्रथम जनज्योती आधारभुत विद्यालय सिमथडीकी निशा चौधरी, द्धितिय जनता आधारभुत विद्यालय सरैयाकी सोनिका गुरुङ्, तृतिय जनप्रिय आधारभुत विद्यालय फारम ख की बिमला महरा रहेका छन् ꫰

त्यस्तै आइतबार नै सम्पन्न भएका म्युजिकल चेयर, चम्चा दौड, जेरी दौडमा पनि मिश्रित नतिजा आएको थियो ꫰ हाजिरी जवाफ, चित्रकला, श्रुति लेखन प्रतियोगीता सोमबार सञ्चालन हुने खेलकुद तथा अतिरिक्त क्रियाकलाप प्रतियोगीता सञ्चालक समितिले जानकारी दिएको छ ꫰