बुटवल नगरमै खानेपानीको समस्या विकराल - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

बुटवल नगरमै खानेपानीको समस्या विकराल



कृष्णप्रसाद आचार्य/ बुटवल । मानिसहरु तछाडमछाड गर्दै हतारीएको दृश्य र घुईचो, झट्ट हेर्दा लाग्छ यहाँ कुनै बिशेष कार्यक्रम वा समारोह छ । हो दृश्य पाल्पामा आकाशबाट पानी पर्दाको अर्को दिन लगातार देखीने बुटवलका केही स्थानको दृश्य हो । तर त्यो दृश्य कुनै समारोहको नभई मानिस बाच्नँ चाहिने खानेपानीको जोह गर्न बोरिड्डमा पानी कुर्नेहरुको हो ।
प्रदेश ५ को अस्थाई मुकाम रुपन्देही त्यस मध्येकै पटक पटक उत्कृष्ट नगरको रुपमा सम्मानित भएको बुटवल उपमहानगर । त्यही उत्कृष्ट नगरको वडा नं ३ मा देखीने यो दृश्य भने खासै नौलो होईन । यो वडा मात्र होईन नगरमै मुख्य पानिको स्रोतको रुपमा तिनाउ नदीलाई लिईएको छ ।त्यो नदि बर्षाको समयमा धमिलो हुन्छ र त्यही धमीलो पनी घर घरमा वितरण हुन्छ । त्यही पानी सिधै वितरण हुदा नगर बासीले धमीलो पानी खान बाध्य भएका हुन् ।
नेपाल जलस्रोतमा विश्वको दोस्रो धनी देश हो । स्वच्छ पानी पिउनु नागरिकको नैसर्गिक अधिकार भए पनि प्रदुषित पानीका कारण लाग्ने रोगहरू हैजा, झाडापखाला, आउँ, टाइफाइड आदिको महामारीमा परी वर्षेनी सयौं जनता बिरामी पर्ने र केहीले अकालमा ज्यान गुमाउनु परेको छ । केही ट्युबेलबाट बुटवल नगरमा स्वच्छ पानी बितरण भए पनि ट्युबेल समीत हुदा तछाडमछाड गर्दै र घुईचो झेल्दै खाने पानीको जोह उत्कृष्ट नगरबासीका सर्वसाधारणले गर्नु परेको छ । पानीकै निहुँमा दिनहुँ झैझगडाका घटनाहरू समेत घट्ने गरेका छन् ।
गर्मीयाम र बर्षा सँगै आवश्यकता अनुसारको पानी आपूर्ति नभएपछि बुटवलबासीको दैनिकी अत्यन्तै कष्टकर भएको हो ।नगरबासीको गर्मी र बर्षा समयमा पानीको समस्याले दैनिकी कष्टकर भएको हो । अत स्थानीय तहको संरचना संघीयता अनुसार फेरीएर जनप्रतिनिधीहरुले कार्यभार समाले पछि खानेपानी लगाएतको समस्या अन्त्य होला भन्ने आशामा रहेका नगरका वडा बासीहरुको भने समस्या जस्ताको तस्तै छ । जनप्रतिनिधीहरुले कार्यभार समाले पछि आफैले चुनेका जनप्रतिनिधिले आफ्नो समस्या कसो नबुझ्लान भनेर आशा गरेका वडा वासीमा भने निराशा छाउन थालेको स्थानिय बताउछन् ।
जनप्रतिनिधिहरु निवार्चीत भएको करिब एक बर्ष भै सकेको छ । चुनावी घोषण पत्रमा उल्लेख गर्ने र प्रत्ययेकको भोट संग साटिएको पानीको समस्या अन्त्य गर्ने, वडा बासीले सफा र स्वथ्छ पानी खान पाउने प्रतिवद्धता भने सेलाउदै गएको छ । यो वडा मात्र होईन बुटवल नगरमै खानेपनीको मुख्य स्रोतरुपमा तिनाउ नदिलाई लिईएको छ । त्यो नदी पानी पर्दा धमीलो हुन्छ । त्यही पानी सिधै वितरण हुदा नगर बासीले धमीलो पानी खान बाध्य भएको केही स्थानिय बताउछन् ।
बुटवलको खानेपानी समस्या समाधान गर्न आएको खानेपानी संस्थानले आवश्यकता अनुसार पानी वितरण गर्न सकेको छैन ।एक हजार घ.मी क्षमताको टंकीमा संकलन गरेर वितरण गर्दै आएको त्यो पनि तिनाउको धमिलो पानी हो । पानी पर्दा त्यो पानी पिउन मात्र नभै अन्य प्रयोजनको लागी पनी लाएक हुदैन ।
खानेपानी संस्थान कार्यालय बुटवल शाखाका सूचना अधिकारी मोहन भट्टराईका अनुसार ‘‘बुटवल नगरमा दैनिक २ करोड ३० लाख लिटर पानीको आवश्यक छ तर नगरलाई सस्थानले २ करोड लिटरको हाराहारीमा मात्र पानी वितरण गदै आएको छ ।हाल नगरलाई आवश्यक पानी मध्ये ४० प्रतिशत १८ वटा ट्युबेलबाट र ६० प्रतिशत तिनाउ नदिबाट दिइएको छ ।पाल्पामा पानी पर्दा नदि धमिलो हुन्छ त्यो समय फिडिकिरी ,ब्लिसीड्ड पाउडर र केही फिल्टरबाट शुद्धिकरण गरि वितरण गरीने गरीएको छ उनले भने ।’’
चुनावी घोषण पत्रमा उल्लेख गरे जसरी पानीको समस्या अन्त्य गर्ने, वडा बासीले सफा र स्वथ्छ पानी खान पाउने प्रतिवद्धता पुरा गर्न कस्तो पहल गर्नु भएको छ भन्ने सम्वादाताको प्रश्नमा बुटवल उपमहानगर वडा नं ३ का वडा अध्यक्ष लाल प्रसाद वस्यालले भने ‘‘हामी जनप्रतिनीधिको हैसीयतले हाम्रो ठाउँबाट गर्न पर्ने कामको कुनै कमि भएको छैन । हामी खानेपानी संस्थान संग सहकार्य गरेर कसरी नगरबासीलाई सफा र स्वथ्छ पानी खुवाउन सकिन्छ भनेर लागेका छौ ।
खासमा यो समस्या समाधानको लागी हामी यो यो प्रक्रयाबाट अगाडि बढेका छौ भन्ने त्यस्तो बुदागत उपलब्धि केही छैन । चुनावी घोषण पत्रमा त हामी सबैले राखेका थीयौं ।’’
पढाई हापेर पानीको लाईनमा
उच्च शिक्षा अध्यायन गर्न सहर झरेका केही बिद्यार्थीलाई भने पहाडि ग्रमीण परिबेशको झल्को दिएको छ । चारै बजे उठेर पधेराबाट पानी ल्याउदाको समस्या भन्दा खासै फरक नभएको उच्च शिक्षा अध्यायन गर्न गुल्मीबाट आइ बुटवलको गोलपार्कमा डेरा लिएर बस्दै आएका केशव पाराजुलीले भने ।
आकाशबाट पानी आउदाको अर्को दिन एक पिरेड छुट्ने निश्चीत जस्तै हुन्छ । उनले थपे घरमै आउने पानी पिउन योग्य हुदैन । सरकारी पानी धमीलो आएपछी वोरिड्डको पानीमा मानिसको घुईचो हुन्छ ।
वोरिड्डको पानी करिब ६ बजे आउछ । सवा छ बाट कलेज सुरु हुन्छ त्यसैले बिहानै उठेर बाल्टीन समाई कलेज भन्दा वोरिड्डको पानीमा लाईन बस्नु पर्छ । त्यसैले प्राय एक पिरेड कक्षा छुट्छ । उनि मात्र नभई धेरै बिद्यार्थीको समस्या यस्तै रहेको छ ।