नेकपा स्कुल विभाग प्रमुखमा झलनाथ खनाल - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

नेकपा स्कुल विभाग प्रमुखमा झलनाथ खनाल



मंगलबार दिउसो नेकपाका अधक्ष्य पुष्प कमल दाहाल प्रचण्डले पार्टीमा अचम्मको प्रस्ताव गरेपछि नेकपाको एकताको पूर्णता गजबको हुने भएको छ । केहि दिनदेखि रन्थनिएको विभागीय प्रमुखको गाँठो फुकाउन प्रचण्डले यो जुक्ति निकालेका थिए ।

स्कुल विभागमा अड्किएको पार्टी एकताको गतिरोध फुकाउन पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई प्रमुख बनाउने प्रस्ताव प्रचण्डले गरेसँगै यो विवादले बिश्राम लिएको छ । स्कुल विभाग प्रमुखमा सहमती नहुँदा विभागको जिम्मेवारी बाँडफाँट गर्न मंगलबार बस्ने भनिएको सचिवालय बैठक समेत बस्न सकेको थिएन।

स्कुल विभाग प्रमुख हुन सचिवालय सदस्यहरू नरायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलबीच पेचिलो बनेको प्रतिस्पर्धाका बीच झलनाथ खनालले बाजी मार्ने भएका छन्।

श्रेष्ठ र पोखरेलले स्कुल विभाग प्रमुखको दावी नछाडेपछि विकल्पका रुपमा खनाललाई अगाडि सारिएको हो। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खनाललाई मंगलबार दिउँसो यसबारे जानकारी दिएर उनको सहमती पनि लिएका छन्।

स्कुल विभागको प्रमुख बन्ने विषयमा श्रेष्ठ र पोखरेलबीच विवाद देखिएपछि स्थायी समिति सदस्य घनश्याम भुसालले ‘पार्टीले न्याय गर्ने हो भने आफूले सो विभाग पाउनु पर्ने’ दावी गरेका थिए।