खड्ग मेमोेरियल ईङ्गिलीस बोडिङ्ग स्कुलको ३१ औं वार्षिक उत्सव सम्पन्न - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

खड्ग मेमोेरियल ईङ्गिलीस बोडिङ्ग स्कुलको ३१ औं वार्षिक उत्सव सम्पन्न



” दुव्र्यसनी अन्त्य गर्नुपर्ने प्रदेश सांसद डा.        रणबहादुर रावलको भनाई “

लोकेन्द्र रावल /टीकापुर , कैलाली ।। खड्ग मेमोेरियल ईङ्गिलीस बोर्डिङ्ग स्कुल टीकापुरको ३१ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन भएको छ ।

विद्यालयका अध्यक्ष टेकबहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद डा. रणबहादुुर रावल प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा बोल्दै सांसद रावलले पछिल्लो समय टीकापुर क्षेत्रमा दुव्र्यसनी बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै दुव्र्यसनीलाई अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश सांसद रावलले टीकापुर प्लास्टिकमय बन्दै गएकोले राम्रो बनाउन घर देखि नै शुरु गर्नुपर्ने बताउनुभयो  ।कार्यक्रममा बोल्दै विशिष्ट अतिथि टीकापुर नगरपालिकाका मेयर तपेन्द्रबहादुर रावलले यस क्षेत्रमा संस्थागत र सामुदायिक गरी २ प्रकारका विद्यालय संचालनमा रहेकोले अबका दिनमा शैक्षिक नियमावली बनाई विद्यालय व्यवस्थित बनाउन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा प्रदेश सांसद डा. रण बहादुर रावल, उमादेवी बादी, टीकापुर नगरपालिका प्रमुख तपेन्द्र रावल, उपप्रमुख केशरी विष्ट, वडा नं. १ का वडा अध्यक्ष गंगाराम आचार्य, विद्यालयका पूर्व विद्यार्थी सम्झना अर्याल, असल अभिभावक प्रमिला चौधरी र देवनारायण चौधरी लगायतलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

विद्यालयले शैक्षिक वर्ष २०७४ देखि थोमस तथा मेरी वर्गीज जेहेन्दार छात्रवृति नामक शिर्षकमा कक्षा एलकेजी देखि कक्षा ५ सम्मका २१ जना विद्यार्थीहरुलाई प्रदान गरेको छ । त्यस्तै कक्षा ६ देखि कक्षा १२ सम्मका २१ जनालाई खड्ग मेमोरियल जेहेन्दार छात्रवृत्ति पनि प्रदान गरेको छ ।

कार्यक्रममा विद्यालयको आर्थिक वर्ष ०७३÷०७४ को एक करोड सत्ताइस लाख चौविस हजार पांच सय चौहत्तर रुपैया बराबरको आयव्यय तथा विद्यालय प्रगतीको बारेमा प्रधानाध्यापक हिरण्ड प्रसाद शर्माले प्रस्तुत गर्नुभएको थियो । विद्यालयमा आन्तरिक खेलकुदका विजेतालाई पुरस्कार प्रदान गरिएको थियो ।

कल्पना उपाध्यायले स्वागत गर्नुभएको कार्यक्रममा विद्यार्थीको तर्फबाट संस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा फकिरसिंह कडायत, काशिराम ढुंगाना, नाथूराम चौधरी, टेकराज रेग्मी, पदम सापकोटा र कक्षा २ मा अध्ययनरत विद्यार्थी योजना चौधरी मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमको संचालन शिक्षक राजेन्द्र चौधरी, विद्यार्थीहरु उषा न्यौपाने, भाष्कर ठकुल्ला, गरिमा लम्साल नित्य चौधरी र नेहा नेपालीले गर्नुभएको थियो ।