सामाजिक विकासमा युवाको योगदान : खाँण - Himal Post Himal Post
  • ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
Logo

सामाजिक विकासमा युवाको योगदान : खाँण



बुटवल । नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले बुटवल र आसपासको क्षेत्रलाई एकीकृत रूपमा विकास गर्नका प्रादेशिक राजधानीको महत्व रहेको उल्लेख गरेका छन् ।
जेसीआई भलवारी रूपन्देहीको पन्ध्रौं पद–हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व रक्षामन्त्री खाँणले जेसीज जस्ता सक्रिय संस्थाका युवाले सामाजिक विकासमा योगदान दिएको बताए ।
जेसीआई भलवारी वर्ष २०१७ का अध्यक्ष मुक्तिनाथ गैह्रेको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले सामाजिक संघ संस्थासँग सहकार्य गर्दै नगरपालिका अघि बढेको बताए ।

सो अवसरमा सर्वाधिक ८० घण्टा बोलेर विश्व कीर्तिमान कायम गरेका अनन्तराम बस्नेतले आफ्नो रूचिअनुसारको काममा लाग्दा सफल हुन सकिने बताए ।

सो अवसरमा जेसीआई भलवारीका पूर्व अध्यक्षहरू, सामाजिक कार्यकर्ताहरू, छिमेकी शाखाका अध्यक्षहरू, शुभेच्छुक व्यक्तित्व लगायतलाई सम्मानित गरिएको थियो ।
शाखाका पूर्व अध्यक्ष प्रकाश पोखरेलको सञ्चालनमा भएको कार्यक्रममा वर्ष २०१८ का अध्यक्ष गोविन्द पंगनीलाई पूर्व अध्यक्ष मनोज आचार्य र सुरज पंगेनीले अध्यक्षीय माला पहि¥याई पदस्थापन गराएका हुन् ।

सोही अवसरमा वर्ष २०१८ का अध्यक्ष पंगनीले आफ्नो बोर्डका पदाधिकारीको मनोनयन तथा सपथ ग्रहण गराउँदै आगामी वर्षको कार्ययोजना प्रस्तुत गरेका शाखाका प्रवक्ता डी.आर. बञ्जाडेले बताए ।

सोही अवसरमा, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष राजेन्द्र घिमिरे, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी, प्रमुख निर्वाचन आयुक्त भेषराज पाण्डे, कार्यक्रम संयोजक प्रकाश गैरे लगायतले बोलेका थिए ।