अर्जेन्टिनाले पाँच अर्ब पाउँदा क्रोएसियाले कति पायो ? - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

अर्जेन्टिनाले पाँच अर्ब पाउँदा क्रोएसियाले कति पायो ?



विश्वकप उपाधि जितेसँगै अर्जेन्टिनाले चार करोड २० लाख अमेरिकी डलर पाउने भएको छ । नेपाली रुपैयाँमा यो करिव पाँच अर्ब हुनेछ ।

उपविजेतामा खुम्चिएको फ्रान्सले तीन करोड डलर पुरस्कार पाउनेछ । सन् २०१८ मा विजेता बनेको फ्रान्सले तीन करोड ८० लाख अमेरिकी डलर पुरस्कार रकम पाएको थियो ।

विश्व फुटबल महासंघ फिफाका अनुसार यो विश्वकपमा सहभागी हरेक फुटबल टोलीले ९० लाख डलर पाउनेछन् । त्यसबाहेक प्रतियोगिता तयारीका लागि सबै टोलीले १५ लाख डलर पाएका थिए ।

यो विश्वकपमा तेस्रो भएको क्रोएसियाले दुई करोड ७० लाख पुरस्कार रकम पाएको छ भने क्रोएसियासँग हारेको मोरक्कोले पनि दुई करोड ५० लाख डलर पाएको छ ।

गत वर्ष फिफाले साढे सात अर्ब डलर आम्दानी गरेको थियो । फिफाले प्रत्यक्ष प्रसारण, प्रायोजन, टिकेट र आतिथ्य बिक्रीबाट आम्दानी गर्ने गर्छ।